पहिले अनुसन्धानकारी, अहिले अवैध कारोबारी

शिलापत्र

काठमाडाैं

चार वर्षअघिसम्म हुन्थ्यो भने हेमन्तबहादुर पाल अवैधानिक कार्यको अनुसन्धान गरिरहेका हुन्थे वा त्यसका लागि निर्देशन दिइरहेका हुन्थे। नेपाल प्रहरीका अवकाशप्राप्त अतिक्ति महानिरीक्षक (एआईजीपी) पाल अहिले भने आफू स्वयम् अनुसन्धानको घेराभित्र परेका छन्।

पिरामिड शैलीको अवैधानिक नेटवर्किङ व्यापारमा सामेल भएको भन्दै पाल संलग्न कम्पनीको कागजात वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जफत गरेको छ। कानुन कार्यान्वयनकारी निकायको उपल्लो तहमा पुगेर काम गरिसकेका व्यक्ति अवकाशपछि आफैँ अवैध कार्यमा संलग्न भएको आरोप खेप्ने पाल मात्र एक्ला छैनन्।

पूर्वडीआईजी छविलाल जोशी पनि पालजस्तै अवैध कार्यमा कार्यमा संलग्न रहेको आरोप लागेको छ।

एआईजी पद प्रहरी प्रमुखभन्दा एक तह तल र डीआईजी दुई तह तलको हो। ‘आन्तरिक सुरक्षा र अपराध अनुसन्धानको त्यो तहमा पुगेका व्यक्ति नै अवकाशपछि शंकास्पद कारोबारमा लाग्नु ज्यादै संवेदनशील विषय हो,’ नेपाल प्रहरीका एक पूर्वएआईजी भन्छन्, ‘उनीहरूको अहिलेको गतिविधिले हिजो संगठनमा हुँदा कस्तो भूमिका निभाए होलान् भन्ने पनि प्रश्न उठ्छ।’

पाल आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालिका उपाध्यक्ष हुन्। यो कम्पनीको कागजात विभागले लगेर छानबिन गरिरहेको छ। आइबोस ग्लोबल लाइफ इन्टरनेसनल वेबसाइटमै पालको फोटो तथा पद तोकिएको छ। आइबोसका अध्यक्ष राजकुमार दंगाल यसअघि नेपाल प्रहरीको सीआईबीले प्रतिबन्धित नेटवर्किङ व्यापार चलाएको आरोपमा २०७५ मा पक्राउ गरिएका व्यक्ति हुन्। दंगालको कनेक्सन केही आपराधिक पृष्ठभूमिका व्यक्तिसँग समेत देखिएको थियो।

प्रकाशित मिति: : 2021-09-11 14:48:00

प्रतिकृया दिनुहोस्