रजस्वला पाप हो भन्ने ठान्नुहुन्छ भने ऋषिपञ्चमी नुहाउनुस्– प्रकाश अजात (भिडियो)

Breaknlinks
Breaknlinks

सञ्चारकर्मी तथा अधिकारकर्मी प्रकाश अजात आफैँमा एक प्रष्ट वक्ता हुन्।

उनी सभ्यता र संस्कृतिलाई वैज्ञानिक आधारमा परिमार्जन गरिनुपर्ने बताउँछन्। अजात महिलाहरूको महान मानिने तीज तथा त्यसमा पर्ने ऋषिपञ्चमीको पुजामा भएका गलत अभ्यास हटाउनुपर्ने बताउँछन्।

तीजसँग जोडिएको ऋषिपञ्चमीको कथाले महिलाहरूको उल्टै अपमान गरेको उनको तर्क छ।

‘प्राकृतिक रुपमा हुने महिनावारीलाई हाम्रो समाजले आज पनि अपवित्रता र पापको संज्ञा दिन्छ’, उनले भने, ‘ऋषिपञ्चमीमा महिलाहरूले सप्तऋषि र अरुन्धतीको पुजा गरेपछि रजस्वलाको पाप पखालिन्छ भन्ने चलन सबैभन्दा ठूलो भ्रम हो। किनभने महिनावारी हुनु प्राकृतिक कुरा हो। अपराध होइन।’

साथै अजातले तीजका अन्य पूरक कथाहरू पनि हावादारी कथामात्रै भएको बताए। उनै अजातसँग बिएल नेपाली सेवाको लागि सुनैना पन्थीले केही जिज्ञासाहरू राखेकी छन्ः

प्रकाशित मिति: : 2023-09-19 13:19:00

प्रतिकृया दिनुहोस्