नसोचेको फोटोग्राफीमा गोरखले पाएको सफलताको कथा

शिलापत्र

दिप्सन लुइटेल

तपाईं फोटोग्राफर गोरख बिष्टलाई हेर्नुहुन्छ कि बुझ्नुहुन्छ ?

जब तपाईं गोरखको क्यामेरामा कैद भएका तस्वीरहरू हेर्नुहुन्छ, तपाईंलाई मनमोहक लाग्नेछन्। जब तपाईं गोरखले गरेको संघर्ष बुझ्नुहुन्छ, तपाईंको मन कुँडिनेछ।

गोरखले भन्ने गरेका छन्, ‘मसँग सबै कुराको घमण्ड गर्नुस्। तर, दुःख कति पाएँ भनेर घमण्ड नगर्नुस्।’

हुन पनि हो। फोटोग्राफर बन्नकै लागि उनले गरेको संघर्ष काहालीलाग्दो फिल्मको कहानीजस्तै लाग्छ। आफूले गरेको संघर्ष सम्झिदा उनी अझै भावुक बन्छन्, ‘भो, म त्यो दुःख सम्झिनै चाहन्नँ।’

गोरखको त्यो संघर्षलाई बुझ्न सन् २००७ तिर फर्कनुपर्छ। जुन समय गोरख भोक र अभावसँग जुधेर फोटोग्राफीमा लागे। समाजको प्रश्नबाट दिक्क मानेर भूमिगत नै भए।

हुम्लाका गोरखले जागिर नखाएर फोटोग्राफर बन्ने सोच्नु नै चुनौतीपूर्ण थियो। किनकी, समाजले उनलाई बारम्बार प्रश्न गरिरहन्थ्यो- 'तैले गर्छस् के ? पैसा कति कमाउँछस् ?'

प्रकाशित मिति: : 2021-09-11 08:26:00

प्रतिकृया दिनुहोस्