इन्द्रजात्राको लागि मुकुट बनाउने तेजबहादुर

अनलाइनखबर

चन्द्र बहादुर आले

भगवान बहालको सम्मुखमा रहेको एउटा गल्लीभित्र आफ्नै घरमा मुकुट सिँगार्न भ्याइनभ्याइ छ ८३ वर्षीया तेजबहादुर चित्रकारलाई।

उनले थाहा पाएसम्म ५ पुस्ता भयो हलचोकबाट इन्द्र जात्रामा आउने आकाश भैरव, चण्डी कुमार र चण्डी कुमारीको मुकुट सिँगार्न थालेको पनि। अहिले पनि कुसे औंसीको भोलिपल्टदेखि ११ दिनपछि आउने एकादशीको दिनसम्म उनको पूरा दिन त्यही मुकुट सिँगार्दै बित्ने गर्छ।

यो मुकुट हलचोकको आकाश भैरव गुठीका गुठीयारहरुले ल्याइदिने गर्छन्। चित्रकारका अनुसार इन्द्रजात्राको मूल दिनमा हलचोकबाट पनि आकाश भैरवको रुपमा हातमा तरबार लिएर जात्रा आउने गर्छ।

चित्रकारका अनुसार उनले सिँगार्ने गरेको ३ वटा मुकुट हरेक वर्ष कुसे औंसीको भोलिपल्टदेखि एकादशीको दिनसम्म लगाएर सिँगारिन्छ। यो सिँगार्ने काममा चित्रकार एक्लै खटिन्छन्।

चित्रकारका अनुसार अहिलेको पुस्ताले मुकुट सिँगार्ने काम बिर्सिन लागेको भन्दै नातिलाई यो श्रृंगारको काम सिकाउने गरेका छन्। यी ३ मुकुट हरेक वर्ष सिँगार्ने गरिन्छ भने हरेक १२ वर्षमा मुकुट नै परिवर्तन गर्ने चलन छ।

प्रकाशित मिति: : 2021-09-10 17:27:00

प्रतिकृया दिनुहोस्