सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ।
शुक्रबार बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गरिब तथा विपन्न ५ लाख परिवारलाई १० हजार नगद अनुदान दिने घोषणा गरेका हुन्।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री शर्माले विधेयक संसदमा पेश गरेका हुन्।