अन्नपूर्ण पोष्ट
बुटवल : लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मधुवनी स्थायी घर भएका ७० वर्षीय गरिब कोहार आफ्नो जग्गा धितो राखेर ऋणका लागि वडा कार्यालयमा सिफारिस लिन पुगे। ऋण निकाल्न चार किल्ला सिफारिस लिन पुगेका कोहारले वडाबाट सिफारिस पाएनन्। वडा अध्यक्ष रमजान अलि मियाँले आफूलाई सिफारिस दिन नमानेको कोहार सुनाउँछन्।
सिफारिस नपाएपछि निरास भएर वडा कार्यालयबाट फर्किए। आफ्नै जग्गाको सिफारिस लिन खोज्दा वडाले किन दिएन ? उनको मनमा कौतुहल्ता जाग्यो। कुरा बुझ्दै गए। छिमेकी र जानेबुझेकासित उनले आफ्नो पीडा पोखे। रहस्य बुझ्दै जाँदा कोहारले थाहा पाए आफ्नो जग्गा नक्कली नागरिकता बनाएर बिक्री भइसकेछ। खबर सुन्दा कोहार ‘छाँगाबाट खसेजस्तो’ भए।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार बजारदेखि १ किलोमिटर दक्षिणतर्फ उनको १० कठ्ठा १६ धुर जग्गा छ। कित्ता नम्वर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा कोहारको नाममा छ। हाल उक्त क्षेत्रमा प्रति कठ्ठा ३० लाख रुपैयाँमा जग्गा बिक्री भइरहेको स्थानीय बताउँछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया