सोमबार, १५ डिसेम्बर २०२५

एमालेमाथि वर्षमान पुनकाे टिप्पणी- दुईपटक संसद् विघटन गर्नेलाई अवरोध गर्नु के नौलो भयो र !

News Image
• • •

ओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु कुनै नाैलाे नभएकाे टिप्पणी गरेका छन्।

एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन्।

नेता पुनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!