महिला मुख्यमन्त्री शाक्यले बनाएको मन्त्रिमण्डल नै असमावेशी, सात जना मन्त्री बनाउँदा एक जना मात्र महिला 

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गठन गरेको सात जना प्रदेश मन्त्रीमा एक जनामात्र महिलालाई मन्त्री बनाएकी छिन्।

केही बेरअघि सपथग्रहण गरिएको मन्त्रिपरिषद्क सदस्यमध्ये आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का एक जना मात्र महिलालाई मन्त्री बनाएकी हुन्।

त्यसबाहेक चार जना राज्यमन्त्रीमध्ये सरस्वती बाटी र जुनेली श्रेष्ठलाई राज्यमन्त्री बनाएकी हुन्। शाक्य स्वयम् मुख्यमन्त्री हुनुअघि जनसंख्याका आधारमा महिला प्रतिनिधित्वको वकालत गर्दै आएकी नेतृ हुन्। त्यस हिसाबले ५० प्रतिशत महिलालाई मन्त्री बनाइनुपर्थ्याे।

मुख्यमन्त्री शाक्यबाहेक वागमती प्रदेश सरकारमा सात जना मन्त्री र चार जना राज्यमन्त्री रहेका छन्। संविधानले नै एकतिहाइ महिला समावेशिता सुनिश्चित गरेको छ।

मन्त्रीहरु

केशव पाण्डे – भौतिक पूर्वाधार विकास मन्त्री

रचना खड्का – आर्थिक मामिला तथा योजनामन्त्री 

विजय सुवेदी – सामाजिक विकास मन्त्री

शान्तिप्रसाद पौडेल–  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री 

प्रदीपकुमार कटुवाल – स्वास्थ्य मन्त्री

डा.अजय क्रान्ति शाक्य – आन्तरिक मामिला तथा कानून मन्त्री 

चन्द्र लामा – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  

 

राज्यमन्त्रीहरु

जीवन खड्का – भौतिक पूर्वाधार विकास राज्यमन्त्री

सरस्वती बाटी – उद्योग राज्मन्त्री

जुनेली श्रेष्ठ – सामाजिक विकास राज्यमन्त्री 

बद्री मैनाली – भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री 

 

प्रकाशित मिति: : 2021-09-08 15:56:00

प्रतिकृया दिनुहोस्