कांग्रेस महाधिवेशन: जो मैदानमा उत्रिइन् र सयमा १ बनिन्

सेतोपाटी

काठमाडाैं

दाङको शान्तिनगर गाउँपालिका-३ की ३२ वर्षीया पार्वती पुन नेपाली कांग्रेसकी वडा सभापति बनेकी छन्। भर्खरै सम्पन्न वडा अधिवेशमा उनी शान्तिनगर गाउँपालिका-३ की वडा सभापति चुनिएकी हुन्।

उनले कांग्रेसको १२औं महाधिवेशनताका क्रियाशील सदस्यता लिएकी थिइन्। १३ औं महाधिवेशनका क्रममा पार्वतीले आफ्नो क्रियाशील सदस्यता नवीकरण गर्न पाइनन्।

उनको जन्मघर उक्त गाउँपालिका-२ बागमारे हो। २०६३ सालमा एसएलसी उत्तीर्ण भएपछि घर परिवारले उनको बिहे गरिदिए। बुवा कांग्रेसी थिए, घर परिवारका पनि सबै कांग्रेस नै भए। त्यसैले आफूलाई उनले जन्मजात नै नेपाली कांग्रेस भन्छिन्।

१२औं महाधिवेशनमा सक्रियतापूर्वक काम गरेकी थिइन्। त्यही बेला उनको मनमा अब आफू पनि नेता बन्नु पर्छ भन्ने चाहना पलाएको थियो। १४औं महाधिवेशनको क्रममा उनले पहिले छुटेको क्रियाशील सदस्यता नवीकरणमात्र गरिनन् वडा सभापतिमा आफ्नो दाबेदारीसमेत प्रस्तुत गरिन्।

दाङ कांग्रेसमा दुई नेताका आ-आफ्ना समूह छन्। एउटा गेहेन्द्र गिरी, अर्को दीपक गिरीको समूह।

गिरी दाजुभाइमध्ये पार्वती नेता गेहेन्द्र टिमकी हुन्। सुरूमा त उनकै टिम भित्रका वडा सदस्य हेमबहादुर केसी, पद्मपाणि कँडेल र डम्मर भण्डारीले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरे।

प्रकाशित मिति: : 2021-09-08 14:39:00

प्रतिकृया दिनुहोस्