मान्छे विभिन्न प्रयोजनले घुम्छन्। म अर्को जिन्दगी बाँच्न घुम्छु। घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो।
घुमफिरलाई नै काम र ‘प्यासन’ बनाएको म जस्तो व्यक्तिलाई कोभिड-१९ महामारी र लकडाउनका कारण घरबाट निस्किन नपाउँदा असहज हुने नै भयो। म अहिलेसम्म कति ठाउँ पुगें, हिसाबकिताब गरेको छैन। तर, पूर्वदेखि पश्चिमका थुप्रै ठाउँ घुमेको छु।
म हरेक चोटि नयाँ ठाउँ जानेभन्दा पनि एउटै ठाउँभित्रको अनएक्स्प्लोर्ड (अज्ञात) वा माइक्रो डेस्टिनेसन (स-साना ठाउँ) मा पुग्न मन पराउँछु। त्यही भएर एकै ठाउँ पनि धेरै चोटि पुगिरहेको हुन्छु।
एकै ठाउँका फरक(फरक घरमा बस्दा फरक-फरक चालचलन बुझ्न र संस्कृतिमा भिज्न पाएको छु। म चार-पाँच चोटि मनाङ पुग्दा हरेक पल्ट बेग्लाबेग्लै घरमा बसेको थिएँ।
मोटरसाइकल चलाएर मुस्ताङ नै ५-६ चोटि गइसकें। त्यहाँका गाउँहरू टन्नै घुमेको छु। सबैतिर पुगिरहनुभन्दा एउटै ठाउँलाई अलि बढी समय दिनु राम्रो लाग्छ ताकि त्यहाँका मान्छेहरू चिन्न सकूँ, ठाउँ राम्ररी बुझ्न सकूँ।
एउटै ठाउँमा फेरि-फेरि जाँदा एकदम द्रुत गतिमा बदलिरहेको अनुभव गर्छु। निकै परिवर्तन देख्न पाउँछु। जस्तो-कुनै वेला झरना थियो, अहिले छैन। यस्तो खालको परिवर्तन आफ्नै आँखाले देख्न पाएको छु।
एकै ठाउँका फरक-फरक घरमा बस्दा फरक-फरक चालचलन बुझ्न र संस्कृतिमा भिज्न पाएको छु। म चार-पाँच चोटि मनाङ पुग्दा हरेक पल्ट बेग्लाबेग्लै घरमा बसेको थिएँ। बस्दाबस्दै तिनै परिवारको सदस्य जस्तो भएँ। त्यहाँको रीतिथिति र जीवनशैली नियाल्न पाएँ।