बिएल संवाददाता
कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे। उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए।
यस्तै राति नै भएको समूह 'डी'को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २-२ गोलको बराबरी खेले।
समूह 'डि'मा ६ खेलबाट १२ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ। समान पाँच खेलबाट पाँच अंक बनाएका युक्रेन र फिनल्यान्डको समान पाँच अंक रहँदा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमश: चौथो र पाँचौ स्थानमा छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया