एमसीसी के हुन्छ ? गठबन्धन सरकारले जनतालाई बताओस् : अग्नि खरेल

एमसीसी सम्झौता गरेको नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको नेकपा एमालेका नेता अग्नि खरेलले आरोप लगाएका छन्। उनले सम्झौता गर्नेले कार्यान्वयन गर्नुपर्ने वा कार्यान्वयन नगरे यसबारे जनातालाई स्पष्ट पानुपर्ने धारणा राखेका छन्।

प्रेस चौतारी झापाले आयोजान गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस सरकारले एमसीसीभित्रका कमिकमजोरी नहेरी सम्झौता बताएका छन्। सम्झौता गर्दा नहेर्ने अहिले प्रश्न सोध्ने ? खरेलले भने – एमसीसीको मामिलामा कांग्रेसले जनतालाई जानकारी दिनुपर्छ।

पत्रकार भेटघाटमा उनले एमसीसीमा कांग्रेस–माओवादीले राजनीति गर्न खोजेको बताएका छन्। तत्कालिन कांग्रेस सरकारले एमसीसी सम्झौता गर्दा संसद्मा लैजाने भनेका कारण एमाले सरकारमा हुँदा संसद्मा प्रस्तुत गर्न खोजेको स्पष्ट पारे।

कांग्रेस, माओवादीकै इसारामा संसद्मा टेवुल गर्न सभामुख सापकोटाले नमानेको भन्दै अहिले तिनै दलका नेता एमसीसीका बारेमा मुखमा पानी जमाएर बसेको खरेलको भनाई छ। पूर्व मन्त्री खरेलले एमाले सरकारमा हुँदा बुरुक–बुरुक गर्नेहरु अहिले चुपचाप बसकोले संसद्मा एमसीसी आए एमालेले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। हाम्रो सरकार हुँदा संसद्मा टेबल भएको थियो भने त्यसका कमी–कमजोरीबारे छलफल पक्कै हुने थियो।


नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख अग्नि खरेलले परमादेश सरकारको आयु सामेत लामो नभएको बताएका छन्। झापाको बिर्तामोडमा पत्रकार भेटघाटमा बोल्दै एमाले नेता खरेलले मन्त्रीपरिषद् विस्तार हुँदा नहुँदा सरकार जोखिममा परिसकेको बताए। उनले गठबन्धनको सरकारसँग जनताले ठूलो अपेक्षा नगरेको भन्दै सरकार गलत व्यवस्थाको अभ्यासमा लागेको आरोप लगाए। ७५ वर्षीय प्रधानमन्त्री शेरबहादुर देउवाजी १७ वटा मन्त्रालय हेर्दै हुनुहुन्छ। हामीले चाहेको राज्यको व्यवस्था यही हो ?, उनले भने।


पूर्वमन्त्री एवम् पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेलले सरकारको कामकाज देखेर सर्वोच्च अदालत समेत विरक्त्तिएको हुनसक्ने भन्दै उनले परमादेशबाट तोकिएको प्रधानमन्त्रीले राज्य व्यवस्था चलाउन नसकेको आरोप लगाए।

मुलुकमा देउवाको पक्षमा फैसला र माधव नेपालको आवश्यकतामा अध्यादेश ल्याउने काम भइहेको उनको भनाई छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रतिपक्षी दललाई फुटाएर अप्रजातान्त्रिक र अलोकतात्रिक काम गरेको उनको धारणा छ।

खरेलले एमाले सरकारमा हुँदा भन्ने गरिएको सेटिङ अहिलेको सरकारले व्यवहारिक रुपमा प्रयोग गर्दै गएको दाबी गरे।

एमाले नेता खरेलले पछिल्लो दिनमा सरकारले अन्तराष्ट्रिय सम्बन्ध विगार्दै अघि बढेको बताएका छन्। 'चीनसँगको सीमा विवाद कतै लिखत छैन', खरेलले भने, 'अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रसँग समान व्यवहार गर्नुपर्छ। गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई खरेलले प्रश्न गरेका छन्, विपीको मार्ग यहि हो ? गोरेटो यही हो ?'

नेता खरेलले सभामुख अग्निप्रसाद सापकोटाले न्यायाधीसको भूमिकामा आफूलाई देखाउन खोजेकोमा आपत्ति प्रकट गरे । एमालेले १४ सांसद्लाई कारबाही गरेको सूचना टाँस नगरेर न्यायाधीशको भूमिका देखाएकोे भन्दै सभामुखको जिम्मेवारीमा लामो समय टिक्न नसक्ने चेतावनी दिएका छन्।

पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै उनले पार्टी एकताका लागि १० बुँदेको व्यावहारिक कार्यान्वय हुने बताएका छन्। '०७५ जेठ २ अनुसार पार्टी अघि बढ्ने हो', उनले भने, 'कतिपय ठाउँ व्यवहारिक अभ्यास हुनसक्छ।'

माओवादीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताको झण्डा उठाउने भनेको कुरा असाध्यै नसुहाएको उनको टिप्पणी छ। एकताको झण्डा उठाउनेले निर्वाचनमा गठबन्धन कायम हुनुपर्ने लज्जास्पद् अभिव्यक्ति आफैँमा बाझिएको तर्क छ। निर्वाचनमा एमालेसँग कुनै पनि दल एक्लै भिड्ने साहस नदेखिएको खरेलको भनाइ छ।

प्रकाशित मिति: : 2021-09-07 13:53:00

प्रतिकृया दिनुहोस्