खोलाछेउ बस्ती, बस्तीमा खोला

सोमबार परेको वर्षाका कारण तीन सय ८२ घर डुबानमा, एक सय ३८ जनाको उद्धार

नयाँ पत्रिका दैनिक

शिवहरि घिमिरे/शान्ति तामाङ

आइतबार राति काठमाडौंमा १० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएपछि उपत्यकाका खोलानजिकका बस्तीमा बाढी पसेको छ। बाढीबाट काठमाडौंका विभिन्न ठाउँका तीन सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई उद्धार गरिएको छ।

बागमती र धोबीखोलामा आएको बाढीले अनामनगर, मैतीदेवी, डल्लु, टेकु, ताहाचल, मनमैजु, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्वेश्वरी, जोरपाटी, कालोपुल र बानियाटार डुबानमा परेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। त्यसैगरी, जडीबुटी, थापाथली, शंखमूल युएनपार्क, कालीमाटी, बालाजु, बल्खु, हात्तीवनलगायत क्षेत्रमा रहेको बस्ती पनि डुबानमा परे। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार खोलाभन्दा होचो क्षेत्रमा बनेका घर ठूलो पानी पर्दा डुब्ने समस्या हुन्छ।

 

प्रकाशित मिति: : 2021-09-07 08:57:00

प्रतिकृया दिनुहोस्