संसदमा सरकारको प्राथमिकता अध्यादेश र बजेट

अनलाइनखबर

काठमाडौँ

प्रतिनिधिसभाको अधिवेशन हठात अन्त्य गरेको सरकारले त्यही शैलीमा फेरि अधिवेशन बोलाएको छ। शनिबार मन्त्रिपरिषद् बैठकले २३ भदौमा अधिवेशन आह्वान गर्न सिफारिस गर्‍यो र राष्ट्रपतिले पनि त्यसै दिन अधिवेशन आह्वान गरिन्।

३२ साउनमा अधिवेशन हठात अन्त्य गर्नु र २३ भदौमा हठात बोलाउनुको कारण छ।

एकाएक अधिवेशन अन्त्य गर्नुको कारण थियो, नेकपा एमाले फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ता गर्ने। अधिवेशन अन्त्य भएको भोलिपल्ट सरकारले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्ने अध्यादेश ल्यायो।

त्यसअनुसार नेता नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी दल दर्ता भएको छ। प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका ६ सदस्य यो दलसँग छ। त्यस्तै जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल दर्ता भयो।

यसबाट संघीय संसदको समीकरण पनि फेरिएको छ। अधिवेशन अन्त्य हुनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दलीय समर्थनका दृष्टिले सरकार अल्पमतमा थियो, संसदबाट एजेण्डाहरु पास गर्न खोज्दा असफल हुन सक्थ्यो। एमाले विभाजनसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभामा सरकार स्पष्ट बहुमतमा छ।

प्रकाशित मिति: : 2021-09-05 21:36:00

प्रतिकृया दिनुहोस्