काबुलवालीको आशा : ‘इन्साल्लाह ! एक दिन सब ठीक हुनेछ’

शिलापत्र

काठमाडौँ
फाइल तस्वीर
फाइल तस्वीर

‘हाई ! त्यता कस्तो छ ? अफगानिस्तान त समाचारभरि छ। म घरबाहिर थिएँ । हिजो भरखर आएँ। आशा छ तपाईंलाई ठीकै होला। अनि तपाईंको परिवारलाई पनि ठीकै होला।’

दोस्रो विश्वयुद्धताका यहुदीहरूलगायतका बन्दीका लागि तयार गरिएको हिटलरको यातना गृहसम्मको हप्ता दिन लामो यात्रा सकेर घर आएको भोलिपल्ट लेखेको थिएँ। बाटोमा जता समाचार हेर्‍यो, खबरहरू अफगानिस्तानकै मात्र थिए। त्यसैले घर पुगेको भोलिपल्टै उनलाई लेखेको थिएँ। 

गएको नोभेम्बरमा नेपाल आउँदाको कुरा हो। सस्तो टिकट नपाएपछि बेरुतमा १४ घण्टाको विराम भएको टिकट लिएको थिएँ। एक्लै यात्रा गर्ने भएकाले के नै पो होला र भन्ने थियो। सामान्यतया १२ घण्टाको यात्रा हुने ठाउँमा १४ घण्टाको त बिराम नै थियो। यात्रा कुल मिलाएर ३३ घण्टाजस्तो हुन्थ्यो। विमानस्थल जाँदा र त्यहाँबाट घर आउँदाको अझै अलग्गै छ। कि त अचाक्ली मोल चुकाउनुपर्थ्यो, कि त दुःखै सहेर भए पनि जानुपर्थ्यो। 

बेरुत पुगेपछिको कुरा हो। त्यही बेरुत जो अगस्ट ४, २०२० मा बेरुत बन्दरगाहमा राखिएको अमोनियम नाइट्रेट विस्फोट भएपछि यो शहर पनि समाचारमा छाएको थियो। सामाजिक सञ्जाल भरि विशाल विस्फोटनका श्रव्य–दृश्यहरू प्रसारण भएका थिए। ह्युमन राइट वाचको प्रतिवेदनले सो घटनामा २८० जनाको ज्यान गएको अनि ३ लाख विस्थापित भएको उल्लेख गरेको छ।

त्यसै शहरमा १४ घण्टाको ट्रान्जिट बिताउनुपर्ने थियो। टिकट काट्दा होस भएन। जतिबेला थाहा भयो, त्यति बेला केही गर्न सकिँदैनथ्यो। पेगासस एयरलाइन्सको जहाजले केही घण्टा इस्तानबुलमा राखेर बेरुत पुर्‍याएको थियो। अब यहीँ १४ घण्टा काटेपछि मात्रै यात्रा अघि बढ्ने थियो। 

प्रकाशित मिति: : 2021-09-04 15:43:00

प्रतिकृया दिनुहोस्