के धनी केटा खोजेर छोरीको बिहे गर्नु गलत होइन?

सेतोपाटी

काठमाडौँ

खै! मैले नबुझेको कि समाजका हरेक परिवारले बुझ्न नसकेको हामीले छोरीको बिहे गर्न धनी, व्यवसाय फस्टिएको, हेन्डसम खोज्छौँ हैन त? तर फेरि दाइजो माग्नेदेखि रिस उठ्छ!

हामी धनी केटा किन खोज्छौँ? हामीले कतिपय घटनाहरुमा ज्यान समेत गएको सुनेका छौँ। दाइजोको पछि लाग्दा र हामी धनको पछि लाग्दा केटा कस्तो छ? उसको समाजप्रतिको सोच, उसको विचार, भावना र अरुलाई गर्ने आदर, सम्मान, माया र सद्भाव कस्तो छ? भनी नबुझी अलि दिनमै छारीले सुख पाउछे भनी दिन्छौँ। त्यही छोरी मरुभूमिमा पानी खान नसकी तड्पिएको जनावरसरि जीवन जिउन बाध्य हुन्छे।

हामी आफ्ना छोरी-चेलीलाई मृत्युको मुखसम्म पुर्याउन किन खोज्दै छौँ? कारण देखासिकी र रवाफ! सायद चेतनाको कमीले हो या परिवारलाई बुझाउन नसक्दा, कि त लोभ र लालचले भरिएको हाम्रै मन र दिमागको दोष हो।

जब हरेक परिवार फेसबुकमा सुख र शान्ति देखाउन मात्र गरिएको नाटकले भित्रभित्रै पोलिरहेको हुनसक्छ। तर भित्रदेखि जीवन खुसी राख्नका लागि मनमा शान्ति र परिवारमा एकता आवश्यक छ।

प्रकाशित मिति: : 2021-09-04 12:17:00

प्रतिकृया दिनुहोस्