श्याम राना मगर
लगातारको झरी पछि आएको पहिरोमा परी पर्वतमा १० जनाको ज्यान गएको छ। चार ठाउँमा पहिरोले घर पुरिएर १० जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी राजेन्द्र अधिकारीका अनुसार पहिरोमा परी अझै एक जना बेपत्ता छ्न्। पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाले ज्यान गुमाएका हुन्।
कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने ७५ वर्षीय कौशिला पौडेल, ३५ वर्षकी भगवती पौडेल, १६ वर्षकी बिमला पौडेल, ११ वर्षीय बिनिता पौडेल र ९ वर्षका विनोद पौडेलको पहिरोमा पुरिएर मृत्यु भएको अधिकारीले जानकारी दिए।
यस्तै पहिरोमा परि कुश्मा नगरपालिका ११, सिल्मिका मनिलाल पौडेलको घरमा पाहुना गएका आमाछोराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। मोदी गाउँपालिका ७, राम्जा घर भएकी ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेशको मृत्यु भएको हो।
वडाको पकुवामा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश पौडेलको मृत्यु भएको हो। प्रहरी निरीक्षक अधिकारीका अनुसार मायाकी सासु ७० वर्षकी डल्ली पाध्या पौडेल बेपत्ता छिन्।
मोदी गाउँपालिका ५ अम्बोटमा पनि पहिरोमा परि एक जनाको मृत्यु भएको छ। ओखलढुंगा सामुदायिक वनबाट टहरामा पहिरो खस्दा ५० वर्षीय फुलमाया थापाको पनि मृत्यु भएको उनले जानकारी दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया