चीनसँगको ‘सीमा विवाद’ : नेपालले के गर्नुपर्छ ?

अनलाइनखबर

बुद्धिनारायण श्रेष्ठ

चीनसँगको सीमा विवाद सम्बन्धी विषय १० महिना पहिला कुरा उठेर निराकरण भइसकेको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको बताउनुभएको थियो। उहाँले केही वर्ष पहिला अवलोकन गर्दा पनि मिचिएको नपाइएको र अहिले पनि मिचेको छैन भन्नुभएको थियो।

चीनले बनाएका घरहरू उसको आफ्नै भू–भागभित्र पर्ने ज्ञवालीले परराष्ट्र मन्त्रालयको तर्फबाट भन्नु भएको थियो। त्यहीबेला काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति नै जारी गरेर ‘नेपाली भूमि मिचेको छैन र फेरि अवलोकन गरेमा पनि आपत्ति छैन’ भनेको थियो।

१० महिनापछि सरकार बदलिएपछि अहिले एकाएक यो विषय उठेको छ। त्यसबेला हुम्लाका नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जीवन बहादुर शाही र अर्का सांसद रङ्गमति शाहीले चीनले नेपालको सीमा मिचेको विषय उठाउनु भएको थियो। उहाँहरूले चीनले हुम्लामा सीमा मिचेकै हो भन्ने अडान लिनुभएको थियो।

शाही सीमा अवलोकनका लागि जानुभएको थियो। उहाँहरूले पहिला ‘११ नम्बरको पिलर भेटिएन, त्यसकारण चीनले नेपालको सीमा मिच्यो’ भन्नुभयो। दुई दिनपछि ११ नम्बरको पिलर भेटियो भनियो।

प्रकाशित मिति: : 2021-09-03 14:47:00

प्रतिकृया दिनुहोस्