किन घटिरहेको छ सेयर बजार, 'करेक्सन' कि 'बियरिस ट्रेन्ड'को सुरूआत?

सेतोपाटी

कमल नेपाल

इतिहास हेर्दा सेयर बजार प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ।

यसअघि २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो। त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो।

त्यहीं वर्षदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले दुई साताअघि मात्रै, २०७८ भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ।

भदौ २ गतेयता कारोबार भएका दिनमा बजार जम्मा २ दिन मात्रै बढेको छ भने अरु ६ दिन घटेको छ। समग्रमा उच्च अंकको रेकर्डपछि बजार साढे ८ प्रतिशतले घटिसकेको छ। बिहीबार बजार बन्द हुँदा २९२६ अंकमा कायम भएको छ।

 

प्रकाशित मिति: : 2021-09-02 19:17:00

प्रतिकृया दिनुहोस्