प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न मिल्ने/नमिल्ने टुंगाे नगरी मुद्दा नहेर्न आदेश (पूर्णपाठ)

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नै पर्ने मागसहित परेको रिटमा प्रधानन्यायाधीश बस्न मिल्ने/नमिल्ने भन्ने मुद्दाको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरूको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको हो।

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न हुने र नहुने माग गर्दै परेका छुट्टाछुट्टै दुई रिटमाथिको सुनुवाइकाक्रममा सो आदेश आएको हो।

प्रधानन्यायाधीश सदस्य रहने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका रिटमा सुनुवाइका क्रममा रिट निवेदक कानुन व्यवसायीले संवैधानिक इजलासमा प्रधानन्याधीश बस्दा स्वार्थ बाझिने भन्दै नबस्न माग गरेका थिए।

कानुन व्यवसायीको मागपछि प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइमा सहभागी नहुने निर्णय गरेका थिए। 

प्रकाशित मिति: : 2021-09-02 16:59:00

प्रतिकृया दिनुहोस्