सत्ताको सात घुम्ती

समाजसँग राजनीतिले शक्ति माग्दा पार्टीको जन्म हुन्छ।नेकपा (एमाले) स्थापना गरेदेखि त्यसैमा पाँच दशक बिताएपछि एमालेबाटै ‘क्लोनिङ बर्थ’ पाएर माधवकुमार नेपालको अध्यक्षतामा अस्तित्व देखाएको नेकपा (एकीकृत समाजवादी) समाजसँग शक्ति मागेर जन्मनुभन्दा एमालेका विकृति तथा विसंगतिविरुद्धको अनिवार्य नतिजा भन्नु वास्तविकता हुन्छ।

आफ्नो पार्टीभित्रको स्वेच्छाचारिता, संगठित अराजकता र ‘बुर्जुवा विकृतिविरुद्ध’ माधवकुमार नेपालले ‘साहसिक विद्रोह’ नै गरेका हुन् जसलाई पचाउन एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई हम्मेहम्मे परिरहेको देखिन्छ। सत्ता परिवर्तनको सन्दर्भमा नेपालविरुद्ध उनको आक्रोश सोही सकसको हतास र आत्मनाश रूप हो। नेपालका कदमबाट ओली यति थर्कमान र विक्षिप्त भएको पाइयो, उनले आफ्नो अनिश्चित राजनीतिक भविष्य बुझेर नै होला, नेपालविरुद्ध सार्वजनिक कार्यक्रममा अपशब्दमै ओर्लिए।

कम्युनिस्ट गुटबीच स्वार्थको मापदण्डले एकअर्कालाई हेर्ने, परिभाषित र गालीगलौज गर्ने काम चलिरहन्छ। एमाओवादीलाई केपी ओली ‘टेरोरिस्ट’ मात्र भन्दैनथे, भेटेसम्म छ्याँस्न कहिल्यै बाँकी राखेनन्। २०७४ को निर्वाचनमा जनताले एमालेलाई उसको कम्युनिस्ट आकृति हेरेर होइन, लोकतन्त्रवादी प्रकृति हेरेर शानदार विजयजन्य मतादेश दिएका थिए। तर अध्यक्ष ओलीको अहंकारले त्यो मतादेशको निहितार्थलाई आत्मसात गर्न सकेन।आफूसँग असहमत हुने कसैलाई उनले सहेनन्। 

प्रकाशित मिति: : 2021-09-02 08:20:00

प्रतिकृया दिनुहोस्