विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले आज (बिहीबार) छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन्।
पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बैठक मध्यान्ह १२:३० बजे बाेलाएका छन् भने संयोजक मिलन पाण्डेले पनि बिहान ११ बजे नै बैठक बाेलाएका छन्।
केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि छुट्टाछुट्टै बैठक बाेलाइएकाे हाे। अध्यक्ष र संयोजकले राखेको दुवै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ।
अध्यक्ष मिश्रले सङ्घीयता खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव ल्याएका थिए।
अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्यौलता हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताइरहेका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको बताइरहेका छन्।