विवेकशीलमा लफडा: एक अर्कालाई कारबाही गर्न उन्मुख मिश्र र पाण्डे

नेपाल खबर

काठमाडौँ

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे केन्द्रीय समितिमा बहुमत जुटाई एकअर्कालाई कारबाही गर्ने दिशामा अघि बढेका छन्।

सोही अनुरुप बिहीबार दुवै पक्षले केन्द्रीय कमिटि बैठक बोलाएका छन। १३० सदस्यीय केन्द्रीय सदस्य रहेको पार्टीको विधानअनुसार कुनैपनि निर्णय गर्दा सामान्य बहुमत आवश्यकता पर्छ।

बिहीबार बोलाइएको बैठकमा निर्णयका लागि कम्तीमा ६५ जना केन्द्रीय सदस्यहरु आवश्यक पर्छ। सोही संख्या जुटाई आफ्नो पक्षमा निर्णय गर्ने तरखरमा बुधबार रातिसम्म दुवै पक्ष लागिपरेका छन।

आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य देखेर अध्यक्ष मिश्रले केन्द्रीय कमिटि बैठक बिहीबारलाई डाकेका हुन। यता पाण्डे समूहले पनि आफूले पनि आफूहरुसँग छलफल नै नगरेको भन्दै अर्को केन्द्रीय बैठक बोलाएका छन। बुधबार रातिसम्म आफ्ना पक्षमा बहुमत जुटाउन बानेश्वरमा पाण्डे तथा उनको समूहका अर्का नेता केशब दाहाल सक्रिय रुपमा लागेका छन।

पाण्डे समूहले बिहीबार ११ बजे र मिश्र समूहले बिहीबार साढे १२ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। दुवै बैठक जुम मिटिङबाट अनलाइन हुँदैछ।

पाण्डे समूहले एजेन्डामै तत्कालिन साझाबाट पार्टी प्रवक्ता बनेका शरदराज पाठकलाई हटाउँने स्पष्ट जनाइसकेको छ। ११ वटा एजेन्डा तय गरेको पाण्डे समूहको बैठकको ८ नम्बर बुँदामा पार्टी प्रवक्ता नियुक्त गरिने जनाएको छ। 

प्रकाशित मिति: : 2021-09-02 06:49:00

प्रतिकृया दिनुहोस्