प्रधानमन्त्री देउवाकाे बाेलीः जिब्राेमा 'करेन्ट' लगाइएकाे थिएन, यसरी बनेकाे थियाे

File photo
File photo

नयाँ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

मन्त्रिमण्डलाई पूर्णता दिन नसक्दा पछिल्लो समय उनको आलोचनासमेत सुरु भइसकेको छ। स्रोतका अनुसार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत गठबन्धनका अन्य दलहरुले अझैसम्म पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगाे लगाउन नसक्दा प्रधानमन्त्री देउवालाई सकस परेको हो।

विसं २००४ साल जेठ ३० डडेलधुराको साविक असिग्राम गा.वि.स वडा नं ५ मा जन्मिएका देउवाले गत जेठ ३० गते आफ्नो ७४औँ बर्थडे पनि मनाए।

माध्यमिक शिक्षा पुरा गर्नुअगावै देउवाको मस्तिष्कमा कांग्रेसको राजनैतिक आदर्शले प्रभाव पारिसकेको थियो। विसं २०२१ मा जब उनी काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भए, तब उनी नेविसंघभित्र सक्रिय रुपमा राजनीति सुरु गरे।

देउवा लण्डनबाट फर्किएपछि...

०४६ सालको आन्दोलनमा कांग्रेसले अगुवाइ गरिरहँदा देउवा भने लन्डनमा 'इकोनोमिक्स' अध्‍ययन गरिरहेका थिए। उनी अध्ययन पुरा गरेर नेपाल फर्कदा आन्दोलन सफल भइसकेको थियो।

अन्ततः ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा पहिलोपल्ट गृहमन्त्री बने। त्यति मात्र कहाँ हो र, गृहमन्त्री बनेको पाँच वर्षमै उनी देशको प्रधानमन्त्रीसमेत बने।

देउवाकाे बाेली

यतिबेला पनि देउवा पाँचौँ पटक प्रधानमन्त्रीकाे रुपमै छन्। देउवा सफल कुटनीतिज्ञ र बौद्धिक (पढेका) नेताकै रुपमा परिचित छन्। उनीमा देखिने एउटा मात्र समस्या भनेको उनको 'बोली' हो।

यो सत्य हो कि, उनको बोली हत्तपत्त जो कोहीले बुझ्न सक्दैनन्। एक महिनाअघि सार्वजनिक कार्यक्रममै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत देउवाको बोली नबुझेको बताएपछि उनको बोलीबारे फेरि चर्चा हुन थालेकाे थिए। कार्यक्रममा राष्ट्रपति भण्डारीले भनेकी थिइन्, 'उहाँ (देउवा)ले के बोल्नु भयो, मैले बुझ्न सकिनँ। मेरो कान फेरि अलि कमजोर छ।'

बाेलीकाे वास्तविकता

एक महिनाअघि देउवाको बोलीले चर्चा पाएपछि हामीले उनको बोलीको वास्तविकता बुझ्न उनी निकटका केही नेता, राजनैतिक सहयात्री र परिवारलाई सम्पर्क गरेको थियाैँ।

देउवाको बोलीसम्बन्धमा आम जनतालाई यो थाहा छ कि, राणाकालमा उनको जिब्रोमा 'करेन्ट' लगाउँदा बोली भाँसियो। यहाँसम्म कि, नेपालका ठूला र राष्ट्रिय मुलधारका अखबार तथा अनलाईन पोर्टलहरुले पनि राणाकालमा जिब्रोमा करेन्ट लगाइएकै कारण देउवाको बोली भाँसिएको समाचार र कथनहरु सम्प्रेषित गर्दै आएका छन्। जुन एक भ्रामक समाचार मात्र हाे।

वास्तवमा जिब्रोमा करेन्ट लगाएर देउवाको बोली भाँसिएको भन्ने तथ्य शतप्रतिशत गलत हो। हामीले देउवाको बोलीसम्बन्ध केही तथ्यसहित सत्यका प्रमाणहरु फेला पारेको छाैँ।

पहिलो कुरा त 'राणाकालमा देउवाको जिब्रोमा करेन्ट लगाइएको' भन्ने तथ्यको लागि कुनै प्रमाण छैन। अझै यसो भनौ कि, उनको जिब्रोमा कहिल्यै करेन्ट लगाइएन। किनकि, ००७ सालमा राणाशासन अन्त्य हुँदा देउवा मात्र तीन वर्षका थिए। माथि पनि उल्लेख गरिएको छ कि, देउवा ००४ सालको जेठ ३० डडेलधुराको साविक अशोकग्राम गाविस वडा नं ५ मा जन्मिएका थिए।

अब यहाँ प्रमाणित हुन्छ कि, तीन वर्षको अवोध बचपनमै उनको जिब्रोमा करेन्ट लगाइएको थिएन। र मानवताको वृतअनुसार करेन्ट लगाउन पनि सम्भव थिएन।

पारिवारिक स्रोतका अनुसार देउवाको जिब्रोमा कहिल्यै करेन्ट लगाइएको थिएन। अझै भन्ने हो भने उनको बोली स्पष्ट नहुनुमा कुनै दुर्घटना पनि कारक तत्व छैन।

वास्तवमा छिटो-छिटो बोल्ने शैलीले देउवाको बोलीमा स्पष्टता नआएको हो। उनको पारिवारिक स्रोतले यसलाई प्रमाणित पनि गरेको छ

त्यसो त उनीनिकटका केही नेताहरुले पनि देउवाको जिब्रोमा करेन्ट लगाइएको भन्ने कुरा पूर्णरुपमा गलत भएको बताएका छन्। छिटो-छिटो बोल्ने र केही मेडिकल समस्याको कारण नै देउवाको बोली भाँसिदै गएको उनीहरुको दावी छ।

देउवाको जिब्रोमा करेन्ट लगाइएको होइन भन्ने कुरा ११ वर्षअघि काठमाडौँको टुँडिखेलमा उनले दिएको भाषण सुन्दा पनि छर्लङ्ग हुन्छ। त्यस भाषणमा देउवाको बोली स्पष्ट थियो। हिजोआजको जस्तो थिएन। तर छिटो-छिटो बोल्ने शैलीले नै उनको बोली भाँसिदै गएको प्रमाणित हुन्छ।

यी लगायत अन्य थुप्रै प्रमाणहरुले देउवाको बोली जिब्रोमा करेन्ट लगाएकै कारण नभएर केही मेडिकल कारण तथा छिटो-छिटो बोल्ने शैलीले स्पष्ट नभएको सत्य प्रमाणित हुन्छ। 

प्रकाशित मिति: : 2021-09-01 19:26:00

प्रतिकृया दिनुहोस्