आफ्नो बलात्कार मुद्दा लड्न आफैं अदालत धाइरहेकी युवती

सेतोपाटी

शोभा शर्मा

अचेल अपरिचितहरूको पहिलो भेट फेसबुकजस्ता सामाजिक सञ्जालमा हुन्छ नि, त्यस्तैगरी धानीमाया (परिवर्तित नाम) को भेट प्रवेश ढकालसँग भएको थियो। मुद्दामा उनको परिवर्तित नाम  धादिङ २४ (१६६८)  छ। 

उनीहरूको चिनजान भएको करिब साढे दुई वर्षअघि हो।

धादिङको निलकण्ठ नगरपालिका- ९ पाल्पा भञ्ज्याङका प्रवेशले धानीमायालाई मेसेन्जरमा बोलाए। आफ्नै गाउँठाउँका मान्छे थिए प्रवेश, उनी बोलिन्।

फेसबुकबाटै चिनजान भएका उनीहरू फेसबुके साथी भए। जसरी सामान्य साथीसँग कुरा हुन्छ, त्यसरी नै उनीहरूबीच कुरा हुन थाल्यो। घरमा को-को छन्, कसले के-के गर्छन् जस्ता घर-परिवारका र साथीसंगी, पढाइ, सपना सबैबारे कुरा हुँदै गयो।

प्रवेशले बेला-बेला उनलाई खाजा खान वा भेट्न बोलाइरहन्थे। उनी टारिरहन्थिन्। एकदिन उनले घरमै बोलाए। निकै कर गरे। आफ्नी आमालाई भेटाउने कुरा गरे।

'अति नै कर गरेपछि र घरै बोलाएपछि चैं म गएँ,' धानीमायाले भनिन्, 'त्यही मेरो गल्ती थियो। फेसबुकमा बोलिरहने आफ्नै गाउँको मान्छेलाई विश्वास गर्नु पनि यत्रो गल्ती हुने रहेछ।'

प्रकाशित मिति: : 2021-09-01 11:32:00

प्रतिकृया दिनुहोस्