फेसबुकमा ‘आई एम आउट’ लेखेर प्रशिक्षणमा व्यस्त अलमुताइरी

सेतोपाटी

काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न रूचाउँछन्।  नेपालको प्रशिक्षक नियुक्त भएपछि उनले निरन्तर नेपाली समर्थकलाई सम्बोन्धन गर्दै फेसबुकमा स्टाटस 

लेख्थे। जसमा हजारौं समर्थकले प्रतिक्रिया दिने गर्थे। अधिकांश प्रतिक्रिया सकारात्मक हुन्थे।

गत साउन १० गते उनले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण नेपाली फुटबल तरंगित बन्यो। सो दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई मुछ्दै  उनले आफू राजीनामा दिन एन्फा कार्यालय गइरहेको लेखेका थिए। 

सो स्टाटसपछि उनलाई राजीनामा नदिन भन्दै हजारौंले प्रतिक्रिया दिएका थिए। नेपाली फुटबलमा राजनीति बढी भएको र उनलाई काम गर्न दिएको अधिकांशको भनाइ थियो।  कतिपयले वरिष्ठ उपाध्यक्षलाई गम्भीर आरोपसमेत लगाएका छन्। 

प्रकाशित मिति: : 2021-08-31 16:07:00

प्रतिकृया दिनुहोस्