मुख्यमन्त्री शाक्यमाथि थपियो सङ्कट, एमालेका १२ जना प्रदेश–सांसद्ले रोजे एकीकृत समाजवादी (सूचीसहित)

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका बागमती प्रदेशसभाका १२ जना सदस्यले माधव नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। उनीहरुको सनाखतसँगै नेकपा एमालेकी उपाध्यक्ष एवम् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि सङ्कट थपिएको छ ।

शाक्य अल्पमतमा परेकी छन्। अब माधव नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुख्यमन्त्रीमा उनलाई समर्थन नजनाएमा उनको सरकार ढल्ने छ ।

एमाले संसदीय दल विभाजित भएसँगै कांग्रेसका इन्द्र बानियाँ र एसका राजेन्द्र पाण्डेको नाम भावी मुख्यमन्त्रीका रुपमा चर्चा गर्न थालिएको छ तर शाक्यलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउने पक्षमा पार्टीले निर्णय गरेमा एस संसदीय दलभित्र विद्रोह हुने आशा एमालेको छ । 

वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय, हेटौंडामा मंगलबार उपस्थित भएर उनीहरुले एकीकृत समाजवादी (एस) पार्टी रोज्दै सनाखत गरेका हुन्।

सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले नेकपा (एस) को पक्षमा सनाखत गरेका हुन्।

 

एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै एकीकृत समाजवादी पार्टी रोजेपछि नेशाक्य तृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ।

बागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको हो।

नेकपा (एस) रोज्ने प्रदेशसभाका १२ जना सदस्यहरु

राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल

प्रकाशित मिति: : 2021-08-31 16:01:00

प्रतिकृया दिनुहोस्