सन्ताेष पन्तलाई 'कलाकाे सीमा' निर्धारण गर्ने कुनै अधिकार छैन

Breaknlinks
Breaknlinks

'कमेडी च्याम्पियन सिजन- २' काे अन्तिम चारमा बिक्की अग्रवालकाे प्रस्तुति र निर्णायक सन्तोष पन्तकाे टिप्पणीका कारण सामाजिक सञ्जाल तातेकाे छ। खासगरी कलाकार पन्तले कलाकाे सम्मान गर्न नजानेकाे टिप्पणी आइरहेका छन्।

उनले कमेडी च्याम्पियनकाे पहिलाे र दुबै सिजनमा गरेका विवादास्पद टिप्पणीबारे अहिले आलोचनाकाे मसला बनेकाे छ। हालसम्म निर्णायक पन्तलाई प्रतियाेगी र गेष्ट पर्फर्महरुले गर्ने राेष्ट भनेकै उनले खाने रक्सीकाे विषयमा हाे।

रक्सीलाई नै विषय प्रवेशकाे माध्यम बनाउँ। मैले आफूले देखेका केही रक्सीको स्वादबारे चर्चा गर्छु। जुम्लीले बनाउने घरेलु रक्सीका फरक फरक स्वादहरु छन्। जस्ताे कि काेदाेकाे रक्सी, चामल, गहुँ, मकैकाे रक्की, जुम्लाकाे चाैधबीस क्षेत्रमा बनाइने बाकाे(जंगलमा पाइने एक बुट्यान जाे सिधै खाँदा लाग्छ। गुन्द्रुक बनाएर खाँदा ओैषधि हुन्छ) काे रक्सी।

स्यालकाे मासुबाट बनाइने रक्सी, फलफूलमा स्याउ, नास्पती, आरु, खुर्पानी, अंगुरकाे रक्सी। यी सबै रक्सीमा लाेकल स्वाद आउँछ। सबै फलफूल सँगै राखेर कुहाएर रक्सी बनायाे भने नयाँ फ्लेबर आउँछ।

केही दिनअघि कमेडी च्याम्पियनमा एक जना गेष्ट प्रर्फर्मरले रक्सीभन्दा पन्त आफैले ह्वीस्की भन न भनेका थिए।

के ह्वीस्की नेपाली स्वाद हाे?

यसकाे मतलब पन्त आफैले पनि विदेशी ब्रान्डकाे स्वाद लिइरहेकोमा दुईमत छैन। तर निर्णायक भएर उनले नेपाली स्वादमा दालभात, चटनी, अचारकाे (अचार र चटनीका पनि प्रसस्तै नेपाली स्वाद छन्) कुरा गरिरहँदा नेपाली स्वादमा आएकाे परिवर्तन भुलेकाे प्रष्ट हुन्छ।

जुम्ली थिएटर कलाकार गाेविन्द सुनार प्रश्न गर्छन्, 'नेपालीले सबैभन्दा स्वादिलो मानेका म:म, चाउमिन, विभिन्न किसिमका चिकेन आइटम र रक्सीको स्वाद किन लिने? आर्टका विभिन्न भेराइटीहरु बुझ्न नसक्ने तर त्यसलाई खानाकाे स्वादसँग गाँसेर टिप्पणी गर्नु उमेर बुढाे भए पनि चेतनाले बचपना भएकाेमा दुई मत छैन।'

सामाजिक संजालमा टिप्पणी भएझैं उनले पनि यस्ताे कला चेत नभएको मान्छेलाई जज बन्ने अधिकार नभएको तर्क गरे।

पन्तले बिक्कीलाई टिप्पणी गर्दा 'हाम्राे हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ। यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ। हाम्रो समाजले यसलाई बुझ्दैनन्, मैले त बुझिनँ। फिलोसोपी त भयो। तर, तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त! यहाँ त कोही हाँसेन। हाम्रो आफ्नै स्टाइल छ। यसलाई फलो गर।' भनेर आदेश दिएका थिए।

बिक्कीले आफ्नाे प्रस्तुति सकिनेवित्तिकै पेन्टाेमाइम आर्टकाे परिभाषा पनि दिएका थिए। निर्णायकले डर माने पनि उनी डराएनन्। आफूले पेन्टोमाइमको परिचय गराउन मात्र उक्त शैलीलाई कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुत गरेको तर्क दिदा दिदै पनि पन्तले उनलाई निराश बनाउने अभिव्यक्ति दिइछाडे।

पन्तको प्रतिक्रियासँगै दु:खित हुँदै उनले भनेका थिए, 'हिजो बेलुकासम्म पेन्टोमाइम गर्ने कि स्ट्याण्डअप गर्ने भनेर म अन्योलमा थिए। कार्यक्रमबाट निस्किए पनि पेन्टोमाइमको परिचय गराउँछु भन्ने भयो। मलाई शून्य प्रतिशत पनि पछुतो छैन।'

के हाे त पेन्टाेमाइम आर्ट?

'पेन्टोमाइम' म्युजिकल कमेडीको एउटा शैली हो। यो पारिवारिक मनोरञ्जनका लागि प्रयोगमा आएको थियो। बेलायतबाट सुरु भएको मानिएको यो शैली युके, आयरल्यान्डलगायतका देशहरुमा 'क्रिसमस' या 'नयाँ वर्ष'को बेलामा मनोरञ्जनका लागि बढी प्रयोग हुनेगर्छ। समयसँगै यो शैलीमा नयाँ परिवर्तन पनि आएको छ।

'पेन्टोमाइम' रंगमञ्चमा देखाइने प्रहसनको सहभागितामुलक शैली पनि हो। जसमा दर्शकलाई गाउन, नाच्न र कलाकारसँगै चिच्याउन पनि प्रोत्साहित गरिन्छ। क्लासिकल थिएटरसँग यसको छुट्टै इतिहास जोडिएको छ।

१६औं शताब्दीमा यो शैलीको विकास भएको मानिन्छ। 'पेन्टोमाइम'लाई 'माइम' भनेर पनि बुझ्ने गरिन्छ। जसमा कलाकारले आफ्नो बोलीभन्दा पनि शारीरिक हाउभाउबाट अभिनय गरेर देखाउँछन्।

नेपालमा पहिलाे प्रयाेग हाे?

नेपाली कमेडीकाे इतिहासमा बिक्कीले पहिलाे पल्ट पेन्टाेमाइम आर्ट प्रयाेग गरेकाे भए पनि कला क्षेत्रमा यसअघि नै प्रयाेग भएकाे देखिन्छ।

कमेडी च्याम्पियनकाे सेटमा गेष्टकाे रुपमा उपस्थित कलाकार किरण केसी(रातामकै) आफैले यसकाे प्रयाेग २०३२ सालमा गिताञ्जली नाटक खेल्दा गरेकाे अनुभव सुनाए। उनले भने, 'मैले १० हजार वटा स्टेज प्रफर्मेन्स दिएकाे छु। आफ्नाे बायाेग्राफी लेख्दा नाै हजार नाैस, तीन सय वटालाई लेख्न छुटाए पनि त्याे माइम आर्ट छुटाउँदिन।'

नेपालमा सुनिल पाेखरेलहरुले थियटरमा माइम आर्ट प्रयाेग गरेकाे थिएटर आर्टिष्ट हिरा बिजुली नेपालीले बताए। उनले भने, 'हामीले पम्फा फूल थिटरमा देखाउँदा घाेडा दाैडेकाे कुरा देखाउँदा माइम प्रयाेग गरेका थियौँ,' उनले भने, 'जस्ताे हामीलाई कर्णाली बाेकेर काठमाडौं आयाे भनिन्छ। हामी तुइनकाे दृश्य देखाउँदा सिंगाे तुइन बाेकेर काठमाडौं जाना सक्दैनौं। त्यस्ताे बेला माइम मार्फत यी दृश्यहरु देखाउनुपर्ने हुन्छ।'

के कलाकाे सिमा निर्धारित छ?

निर्णायक पन्तले पश्चिमाहरु कुखुराले पिच्च गर्दा पनि हाँस्छन् भन्दै पश्चिमाकाे हास्यचेतलाई हल्का ढंगले लिए।

नेपालीहरु त्यस्तोमा हाँस्दैनन् भनेर हाम्रो आफ्नै टेस्ट छ, त्यसलाई नै फलो गर भनी उनले कलाकाे सिमा निर्धारण गरे। बिक्कीकाे प्रस्तुतिमा यस्ताे भनिरहँदा उनकाे कला चेत भुत्ते भएकाे मान्छन् कलाकार हिरा बिजुली नेपाली।

'पेन्टाेमाइम एकदम गाह्राे कला हाे। यस्ताे कला नपाली कमेडीकाे मञ्चमा प्रयाेग हुनु आफैमा नाैलाे र गर्भिलाे कुरा हाे,' उनले भने, 'यसलाई नबुझ्नु पन्तकाे सिमा मान्न सकिएला। तर नेपाली स्वादकाे कुरा गरेर कला, साहित्यकाे सिमा निर्धारण गर्नु मुर्खता हाे।'

कमेडी च्याम्पियनका निर्णायकले माइम बुझिन भन्नुलाई आफूले अनाैठाे नमानेकाे ललितकलाका प्रध्यापक काेशल हमालले बताए।

'पेन्टाेमाइम थिएटरमा चलेकाे कला भएकाले थिएटरलाई राम्ररी नबुझेको कलाकारले माइम आर्ट नबुझ्न सक्छन्,' उनले भने, 'तर कलाकाे सम्मान त हरेक काेणबाट जरुरी छ नै।'



आफैंलाई 'लिजेण्ड' मान्ने कलाकारकाे घमण्ड: बिक्कीले जे गरे, राम्राे गरे

प्रकाशित मिति: : 2021-08-31 08:26:00

प्रतिकृया दिनुहोस्