नेकपा एमालेले १० बुँदे सहमतिको कार्यान्वयनमा सघाउन नेताहरुलाई जिम्मेवारी दिएको छ।
प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी दिएको हाे।
आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो।
एमालेबाट माधवकुमार नेपाल अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दाको उनको समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम आचार्यसहितका नेताहरु १० बुँदे सहमतिलाई आधारमा मानेर एमालेमै छन्।
केही दिनअघि बसेको एमालेको बैठकले उक्त १० बुँदे सहमति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले प्रदेशमा जिम्मेवारी तोकेको हो।
जसअनुसार प्रदेश नं. १ : भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाब, शेरधन राई, देवराज घिमिरे, टंक आब्बोहाब।
प्रदेश नं. २ : सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वाला कुमारी साह।
बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल।
गण्डकी प्रदेश : किरण गुरुब, पृथ्वीसुब्बा गुरुब, जगत विश्वकर्मा, लीलबहादुर थापा।
लुम्बिनी प्रदेश : विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी।
कर्णाली प्रदेश : युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी।
सुदुरपश्चिम प्रदेश : भीमबहादुर रावल, लेखराज भट्ट, कर्णबहादुर थापा।
जनसंगठनहरू : ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी।