चौथाइवालेको भ्रमण : भाजपाले नेपाललाई कसरी हेर्दै छ ?

नयाँ पत्रिका दैनिक

पर्शुराम काफ्ले

भदौ ६ देखि १० सम्म उच्च राजनीतिक भेटवार्ता गरेर भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले दिल्ली पुगेका छन्। अप्रत्यासित र अचानकजस्तो देखिए पनि उनको नेपाल भ्रमण पूर्ण तयारी र होसियारीका साथ तय भएको देखिन्थ्यो। भेटवार्ताका प्रकृति हेर्दा देखिन्थ्यो कि एउटा परिस्थितिजन्य घटनाले नेपालमा सरकार परिवर्तन भएपछिको राजनीतिक माहोल बुझ्न, सरकारसँग सम्बन्धको डोरी कस्न र नेपालका राजनीतिक दलहरूलाई इन्गेज गर्न उनी नेपाल आएका थिए।

उनको भ्रमण यस्तो वेलामा भएको थियो, जतिवेला एमाले र जनता समाजवादी दल विधिवत् फुट्दै थिए भने कांग्रेस महाधिवेशनका लागि जुट्दै थियो। परिस्थितिले यस्तो संयोग जुराइदिएका समयमा चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु देउवाको हातबाट राखी बाँधेपछि विकसित भएको सम्बन्धको नयाँ साइनोसमेत काठमाडौंको राजनीतिक र कूटनीतिक वृत्तमा चर्चाको विषय भएको छ।

देउवा नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा सरकार गठनपछि भारतीय राजनीतिक पक्षसँग पहिलोपटक यो स्तरमा संवादको अवसर जुरेको छ। चौथाइवालेले जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेनन्। कांग्रेसका सहमहान्त्री डा. प्रकाशशरण महतको निम्तोमा आएका उनले करिब एक दर्जन कांग्रेसका नेताहरू भेटे, तर रामचन्द्र पौडेललाई भेटेनन्। 

प्रकाशित मिति: : 2021-08-29 17:46:00

प्रतिकृया दिनुहोस्