नेप्सेमा ४९ अंकको पहिरो, १५ अर्ब बढीको कारोबार

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ।

गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० बिन्दुमा झरेको हो। कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने। साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसुचक ३१०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३०८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो। तेस्रो घण्टामा नेप्से परिसुचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको थियो। सातोको पहिलो दिन ३०५२.२८ बन्दुमा निरन्तर ओरालो लागेर कारोबार बन्द भएको छ।

आजको सेयर कारोबारमा गिरावट आउदा नयाँ रेकर्ड समेत बनेको छ। आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६९ अंकले बढेको हो।

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज १७ दशमलव ६० अङ्कले बढेर तीन हजार ९४ दशमलव ०५ बिन्दुमा पुगेको थियो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४० बिन्दुले बढेर ५७१ दशमलव ३९ मा पुगेको थियो। साताको सुरुवाती पहिलो दिनमा नेप्से ३०९९ दशमलव ९२ बिन्दुमा पुगेको हो।

आज भएको कारोबारमा भएका १३ उपसमुह मध्ये १२ उपसमुहको शेयर ओरोलो लागेको छ भने १ उपसमुह फाइनान्सको शेयर बढेको हो। यस्तै बैकिङ ३० दशमलव ०५, ट्रेडिङ ६२ दशमलव १६ , होटल तथा पर्यटन ३१ दशमलव ७१ , बिकाश बैँक ५३ दशमलव १९ , हाईड्रो पावर ८९ दशमलव २६ , नन लाईफ ईन्स्यारेन्स २५३ दशमलव ०७ , उत्पादन ३८ दशमलव ४८ माईक्रो फाइनान्स ११५ दशमलव २ , लाईफ इन्स्योरेन्स ३०४ दशमलव २,म्युचल फन्ड ० दशमलव ०६, ईन्भेष्टमेन्ट १ दशमलव ९३ तथा अन्य ३६ दशमलव ६२ बिन्दुले ओरालो लागेको छ। तर फाइनान्स उपसमूहको शेयर कारोबार २१ दशमलव ८८ ले सेयर बढेको छ।

आज कुल २ सय २७ कम्पनीको २४,८८८,३१३ किता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५मा खरिद बिक्री भएको छ।

प्रकाशित मिति: : 2021-08-29 17:19:00

प्रतिकृया दिनुहोस्