वामदेवलाई कुर्दै माधव नेपाल

नेपाल खबर

काठमाडौं

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमाले उपाध्यक्ष वामदेव गौतमको पखाईमा छन्।

सरकारमा जाने निर्णय र पार्टी पदाधिकारी चयनका लागि अध्यक्ष नेपाल गौतमको पर्खाइमा बसेका हुन्। हालसम्म एमाले र समाजवादी पार्टी दुवैतर्फ नखुलेर हालसम्म अनिर्णित गौतमलाई भित्र्याएर शक्ति बढाउने योजनामा नेपाल रहेको उनीनिकट एक नेताले बताए। 

हालसम्म एमाले र समाजवादी पार्टी दुवैतर्फ नखुलेर हालसम्म अनिर्णित गौतमलाई भित्र्याएर शक्ति बढाउने योजनामा नेपाल रहेको उनीनिकट एक नेताले बताए। 

‘वामदेव कमरेडले अहिलेसम्म एमालेमा रहेर अध्यक्ष ओलीसँग अन्तरसंघर्ष गर्न नसक्ने बताउनुभएको छ, उहाँको मुड परिवर्तन भएको छैन,’ उनीनिकट एक नेताले भने, ‘अन्य परिस्थिति बदलिएन भने नयाँ पार्टीलाई साथ दिएर जाने निश्चितजस्तै छ।’

प्रकाशित मिति: : 2021-08-27 21:06:00

प्रतिकृया दिनुहोस्