कालीगण्डकी बचाउँन कविता आह्वान, यस्ताे छ नदीकाे सुन्दरता [तस्वीरहरू]

Photo's : Rk Adipta Giri

पछिल्लाे समय कालीगण्डकीकाे विषयमा विभिन्न टिका-टीप्पणीहरू भइरहेका छन्।

कालीगण्डकीकाे विषयलाई लिएर यतिबेला सकारात्मक र नकारात्मक दुबै रूपमा बहस चलेकाे पाइन्छ। नदीको अवैध दोहन गरेर कालीगण्डकीकाे सभ्यता नै ध्वस्त पार्न लागेकाे भन्दै यसविरुद्ध विराेध तथा विद्राेहका आवाजहरु पनि उठिरहेका छन्।

यहीबीच 'कालीगण्डकी बचाऔं अभियान'ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ।  हालसम्म पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता पठाइसकेकाे अभियानका मूख्य अभियन्ता आरके अदीप्त गिरीले जानकारी दिए।

'कालीगण्डकी केवल नदी मात्र हाेइन। एउटा सभ्यता पनि हाे। नदीकाे संरक्षणमा बल पुग्ने कविताहरु पाँच दर्जनभन्दा बढी प्राप्त भइसकेका छन्’, उनले भने, 'स्रष्टाहरूलाई संरक्षण अभियानमा एक्येबद्धतासहित कविता पठाउन अनुरोध गरेका छौं।'

प्राप्त कविताहरूलाई संकलन गरेर 'नदी सप्तक' नामक कवितासंग्रह नै तयार पार्ने लक्ष्य राखिएको पनि गिरीले बताए। स्रष्टाहरूले savekaligandakiriver@gmail.com यस ठेगानामा कविता पठाउँन सक्नेछन्। 

प्रकाशित मिति: : 2021-08-26 18:54:00

प्रतिकृया दिनुहोस्