सेतोपाटी
नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरपछि एमाले पार्टीको सम्पत्ति के हुन्छ भन्ने प्रश्न उठेको छ।
निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणका आधारमा नेकपा एमाले मुलुककै सबैभन्दा धनी पार्टी हो। एमालेसँग जग्गा, भवन र नगदसहित एक अर्बभन्दा धेरै सम्पत्ति छ। नेपालले पार्टी विभाजन गरेपछि अब एमालेको सम्पत्ति पनि विभाजन हुन्छ कि हुन्न भन्ने प्रश्न खडा भएको छ।
नेपाल पक्षले विभाजनपछि सम्पत्तिमा दाबी गर्ने तयारी गरिरहेको छ। माधव नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले सम्पत्तिमा आफूहरूको पनि हक रहेको बताए।
'अहिलेका लागि हाम्रो सम्पत्ति कार्यकर्ता हुन्। घर/सर सम्पत्ति ठूलो होइन', पाण्डेले भने, 'कार्यकर्ता २१ दिनभित्र पार्टीमा ल्याउने म्याद छ। त्यसपछि सम्पत्ति दाबी गर्न पाइहाल्छौं। त्यसको म्याद जाँदैन।'
नेकपा एमालेको नाममा राजधानीको बल्खुमा १३ रोपनी जग्गा छ। त्यस्तै पुतली सडकमा मनमोहन मजदुर भवन र मजदुर संगठन जिफन्टको कार्यालय रहेको छ। एमालेको ललितपुरमा तुलसीलाल स्मृति प्रतिष्ठान भवन र काठमाडौंको रानीबारीमा पुष्पलाल प्रतिष्ठानको भवन रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया