(भाग-१)- अफगान भूमिमा चार हजार वर्षको भूराजनीति

शिलापत्र

राेहेज खतिवडा

दूरबिन बोक्नुस् है ! हामी धेरै टाढाको दृश्य हेर्दैछौँ। दूरबिन भएन भने राम्रोसँग नदेखिन सक्छ। अनि दूरबिनको ढक्कन खोल्न नबिर्सनु होला है।

दूरबिनको कुरामा म आइहाल्छु। पहिले तालिबान र अफगानिस्तानको कुरा गरौँ। तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेसँगै अफगानिस्तानमाथिको भूराजनीतिबारे चर्चा भइरहेको छ। कतिपयले अफगानिस्तानलाई ‘साम्राज्यहरूको चिहान’ भन्ने गरेका छन्। अफगानिस्तानको भूराजनीतिमा फसेका बेलायत, रुस र पछि सोभियत संघजस्ता साम्राज्यहरूको पतन भएको छ।

अफगानिस्तानमाथि भूराजनीतिक चलखेल र साम्राज्यहरूको लडाइँको सयौँ वर्ष पुरानो इतिहास छ। तर, भूराजनीतिको परिभाषालाई अलि फराकिलो बनाएर हेरियाे भने यो भूमिको सिंगो इतिहास नै भूराजनीतिको वरिपरि छ। यो भूराजनीति लगभग चार हजार वर्षभन्दा पुरानो हुन्छ।

प्रकाशित मिति: : 2021-08-25 16:50:00

प्रतिकृया दिनुहोस्