नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएकाे छ।
बैठकबाट बाहिरिदाँ सबैकाे अनुहारमा मुस्कान देख्न सकिन्थ्याे। बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेकाे छ।
माधव नेपाललाई छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो। भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ। विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ।
स्थानीय तहका अधिवशेनको मिति पनि सारिएको छ।