भाइरल ज्वरो के हो ? लक्षण र बच्ने उपाय यस्ता छन्

गर्मी याम सुरु भएसँगै बालबालिकामा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ।

अझ वर्षायाममा मौसममा फेरबदल भइरहने हुँदा बालबालिकामा सरुवा रोगको प्रकोप झनै बढी हुन्छ। भाइरल एक प्रकारको सरुवा रोग हो र यो मौसममा यसको संक्रमण धेरै हुने गर्छ।

सामान्यत भाइरलको संक्रमण हावाबाट सर्ने भएकाले पनि छिटै फैलिन्छ। हावा, पानीका कारण हुने यस्तो रोग गर्मी मौसममा बढी हुने चिकित्कसहरुले बताउँदै आएका छन्।

मौसममा हुने फेरबदलका कारण सबैलाई भाइरल ज्वरोले धेरै नै दुःख दिने गरेको हुन्छ। बालबालिकामा छिटै फैलने भाइरल ज्वरो र अविभावकले  सावधानी अपनाउनुपर्ने हुन्छ।

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउने गर्छ। श्वासप्रश्वासको बेलामा नाकबाट घाटी हुदै फोक्सोसम्म पुग्ने भाइसरले फोक्सोमा इन्फेक्सन गराउन थाल्छ। त्यहाँबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउने गर्छ। भाइरल ज्वरोलाई सामान्य भाषामा इन्फ़्लुएज्जा भनिन्छ।

मानिसको शरीरमा संक्रमण गर्ने भाइरस, ब्याक्टेरिया, फङगाइ जस्ता जीवाणुहरुले संक्रमण गर्यो भने हामीमा ज्वरो आउने गर्छ र हामी भाइरल ज्वरोको सिकार बन्न पुग्छौं। विभिन्न खालका ब्याक्टेरिया, तथा भाइरसको कारणले लाग्ने रोग नै भाइरल ज्वरो हो।

यो मुख्यगरी राइनो (२५–८० प्रतिशत) भाइरसले गराउँछ। कोरोना भइरस (१०–२० प्रतिशत), इन्फ्लेजा भाइरस (१०–१५ प्रतिशत) र (एडिनो भाइरस ९५ प्रतिशत) पनि भाइरल फ्लुको कारण हो।

भाइरसले धेरैजसो माथिल्लो श्वासप्रश्वास नली (नाकदेखि घाँटीसम्म) संक्रमण गराउँछ। शरीरमा भाइरस छिरेको एक–दुई दिनमा लक्षण देखा पर्न थाल्छन् र दुई–चार दिनमा तिनले उग्र रूप लिन्छन् भने सामान्यतः सात–एघार दिनसम्म आफैं हराएर जान्छन् अर्थात् हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिले तिनलाई नष्ट गरिदिन्छन्।

के हो त भाइरल इन्फ्लुज्जा ?

एक्कासी ३९ से भन्दा माथि ज्वरो आउनु, स्वासप्रस्वासमा समस्या देखा पर्नु, टाउको दुख्ने लक्षण देखा पर्नुलाई हामी इन्फ्लुज्जा भएको भन्दछौ, यही नै इन्फ्लुज्जा हो।

यो रोग कसरी लाग्छ ?

यो रोग भाइरस, हावा, पिउने पानी, स्वासप्रस्वासको माध्यमबाट हाम्रो शरीरमा जीवाणुको रुपमा छिर्ने गर्छ, यसरी नै हामीलाई भाइरल ज्वरो लाग्ने गर्दछ।  

कुन अवस्थामा भाइरल ज्वरोले बढी आक्रमण गर्छ ?

बालबालिका, वृद्दावृद्द र रोगसंग लड्न सक्ने क्षमता कम भएका मान्छेलाई बढी यो रोगले बढी आक्रमण गर्छ।

 कुन समयमा बढी आक्रमण गर्छ त भाइरल ज्वरोले ?

सामन्यतया भाइरल ज्वरो बर्खा,गर्मी समयमा बढी सक्रिय हुन्छन्, त्यही समयमा भाइरल ज्वरोका विरामी बढ्ने गरेका छन्। 

भाइरल ज्वरोको भाइरस के हो ?

भाइरल ज्वरोको मुख्य भाइरस राइनो भाइरस हो।

भाइरल संक्रमणबाट अन्य समस्या पनि हुन्छन् ?

हुन्छन्। भाइरलबाट हुनेअर्को मुख्य समस्या झाडापखाला पनि हो। यो वर्षायाममा बढी हुनेगर्छ। झाडापखाला भन्नेवित्तिकै हामीलाई अरु इन्फेक्सनले होकि भन्ने लाग्छ। तर भाइरस नै यसको कारक तत्व हो।

यो रोगका लक्षणहरु के-के हुन ?

एक्कासी ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, हाच्छिउ आउनु, नाकबाट पानी बग्नु, हाडजोर्नी दुख्नु जस्ता लक्षण देखा पर्दछ ्र बालबालिकाहरुमा भने वाकवाकी लाग्ने गर्दछ 

यो रोगका खतराका चिन्हहरु के-के हुन् ?

आँखा रसिलो हुनु, नाकाबाट पानी बग्नु, स्वप्रस्वासमा समस्या हुनु, छाती दुख्नु, मुटुको चाल गडबड हुनु जस्ता खतराका चिन्ह हुन्।

घरेलु उपचार के हो ?

तातोपानीमा मह, अदुवा, कागती या तुलसी पत्ता राखेर दिनमा चार–पाँच गिलास पिउने गर्दा यसमा राहत मिल्छ। यस्तो बेला प्रशस्त दाल, सुप र गेडागुडीको रस पिउनु लाभदायक हुन्छ। त्यस्तै दिनमा दुईपटक सादा उमालेको पानीको वाफ १० देखि १५ मिनेटसम्म लिने गर्दा वाफकै कारण भाइरस बढ्ने दर घट्छ र व्यक्तिलाई राहत मिल्छ। एक गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर दिनमा तीन–चार पटक घाँटी कुल्ला गर्दा पनि त्यो लाभदायक हुन्छ।

कस्तो अवस्थामा उपचार गर्ने ?

६ दिनसम्म भाइरल ज्वरो आएमा आवश्यक जाँच र परीक्षण गरेर आवश्यकताअनुसार एन्टिबायोटिक र अरू औषधि सेवन गर्नुपर्छ। वस्यक मानिसमा भन्दा बच्चा र वृद्धवृद्धा (०–५ वर्षसम्म र ५० वर्षमाथिका) मा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले उनीहरूमा भाइरसले छिटो आक्रमण गर्न सक्छ र जटिलता हुने सम्भावना धेरै हुन्छ। पाँच वर्षमुनिका बच्चालाई सामान्य रुघाखोकी मात्र लागे पनि समस्या जटिल बन्न सक्छ। 

त्यसैले आमाबाले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। यस्तोमा विशेषतः बच्चाको टाउको र हातखुट्टा न्यानो राख्ने, आमाको दूध पटक–पटक चुसाउने (दुई–तीन घन्टाको फरकमा) छ महिनामाथिका बच्चालाई प्रशस्त तातो झोल कुरा खुवाउने गर्नुपर्छ। तर, ०–पाँच वर्षसम्मका बच्चाले छिटो–छिटो सास फेरेमा, नाक फुलाएर सास फेरेमा, कोखा हानेमा, राम्ररी खान छोडेमा, बच्चा सुस्त हुँदै गएमा, झिँजिने, रुने र नखेल्ने गरेमा स्वास्थ्य संस्था वा चिकित्सककहाँ लगिहाल्नुपर्छ।

यो रोगबाट बच्ने उपायहरु के-के हुन् ?

यो रोगबाट बच्न खोक्दा, हाछिउ गर्दा रुमालको प्रयोग गर्ने, बाहिर हिंड्दा मास्कको प्रयोग गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, बिहान चाडैं उठ्ने, संक्रमित व्यक्तिसंग कुरा गर्दा एक मिटरको दुरीमा बस्ने, रोगि व्यक्तिलाई रोग निको नभएसम्म छुटै कोठामा राख्ने गर्नु पर्छ। 

यो रोगीले के खाने के नखाने ?

यस्ता रोगीले बजारमा प्याकिङ गरेका खाने कुरा नखाने, फलफुल हरु राम्रोसंग पखालेर खाने, झोलिलो खानेकुरा खाने, पानी तताएर मात्र पिउने बालबालिका छ भने आमाको दुध बढी चुसाउने र झोलिलो खानेकुरा बढी खुवाउने।

(मेघा अस्पताल प्रा. लि ललितपुरका मेडिकल अफिसर डा. युगल भट्टराईसँगकाे कुराकानीमा आधारित कुराकानी।)

प्रकाशित मिति: : 2021-08-23 17:11:00

प्रतिकृया दिनुहोस्