क्यारिकेचरले थेगेको गाईजात्रा

हरेक वर्षको गाईजात्रा हास्य कलाकारका लागि उत्सवझैँ बन्ने गर्छ।

यस अवसरमा हास्य कलाकारहरू आफ्नो सिर्जनशीलतामार्फत दर्शकलाई मनोरञ्जन दिन्छन्। विभेद, अन्याय, कुसंस्कारमाथि व्यंग्य गर्छन्। समकालीन राजनीतिमाथि व्यंग्य गर्छन्। तर, दर्शकले खोजिरहेकै हास्यरस पस्किरहेको छ त हास्यकलाकारले ?

चलचित्रकर्मी तथा समीक्षक मनोज पण्डित भन्छन्, ‘यसपटकको गाईजात्रामा जति सिर्जनात्मक कुरा आइरहेका छन्, त्यतिलाई मात्रै हास्यव्यंग्य मान्न सकिँदैन। हास्यव्यंग्यको क्षेत्र बृहत् छ, तर यसलाई खुम्च्याउँदै लगिएको छ।’

यसपटकको गाईजात्रामा हाँस्यव्यंग्य प्रस्तुति ‘झापाली पुराण’ लिएर आएकी कलाकार कल्पना खतिवडा भन्छिन्, ‘जबसम्म हामीलाई चलाउँदैन, कुनै झापालीले त्यो मान्छेलाई फर्केर पनि हेर्दैन। सरल भाषामा भन्नुपर्दा जबसम्म कसैले प्रचण्डको जस्तो व्यहोरा देखाउँदैन, तबसम्म कुनै झापालीले ओली रूप लिँदैन।’

प्रस्तुतिको सुरुवातमै यी वाक्य बोलेकी खतिवडाको राजनीतिप्रतिको बुझाइ जति सतही सुनिन्छ, बाँकी प्रस्तुतिले झनै प्रस्ट पार्छ। ‘प्रचण्डको जस्तो व्यहोरा’ हुनासाथ झापालीहरू ‘ओली’ बन्ने उनको भनाइ कुनै कोणबाट पनि सहज लाग्दैन। नेपाली राजनीतिमा ‘ओली’को बिम्ब जे छ, सबै झापालीमा त्यो नहुन सक्छ। सबै झापाली ‘ओली’ पनि होइनन्। यही बिम्ब अथवा प्रतीक छनोटमा उनी चुकेकी छिन्। 

प्रकाशित मिति: : 2021-08-23 07:25:00

प्रतिकृया दिनुहोस्