रातोपाटी
विभाजित नेकपा एमालेको शक्ति सन्तुलन त्रिकोणात्मक बनेको छ।
केपी ओली पक्ष र माधव नेपाल पक्षका साथै घनश्याम भुसालहरुको तेस्रो धारसमेत जन्मेपछि एमालेमा त्रिकोणात्मक शक्ति संघर्ष शुरु भएको हो। केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए नयाँ दल दर्ता गर्न सकिने अध्यादेश आएसँगै अब घनश्याम भुसालहरुको ‘तेस्रो धार’ले पनि चाहेको खण्डमा नयाँ दल दर्ता गर्न सक्ने स्थिति बनेको छ।
निर्वाचन आयोगले मान्यता दिएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य सं २०३ हो। यसमध्ये २० प्रतिशत अर्थात ४१ जना केन्द्रीय सदस्यको साथ पाउने समूहले नयाँ दल दर्ता गर्न अध्यादेशले बाटो खोलिदिएको छ। जबकि माधव नेपाल समूहले मात्र होइन, तेस्रो धारले समेत आफ्नो पक्षमा २० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको दाबी गरेका छन्।
संघीय संसदमा एमालेका १५४ सांसद छन्। प्रतिनिधिसभाका १२१ र राष्ट्रियसभाका ३३ जोड्दा कुल संख्या १५४ पुग्छ। यसमध्ये माधव समूहले २० प्रतिशत, अर्थात ३१ सांसद जुटाएमा केन्द्रीय सदस्य संख्या २० प्रतिशत नपुगे पनि अध्यादेशअनुसार पार्टी विभाजनले वैधानिकता पाउन सक्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया