हैट्, म त हास्यकलाकार पो भएँ कि क्या हो ?

अनलाइनखबर

काठमाडाैं

कुनै बेला शहरमा एकसाथ तीन नेपाली चलचित्र सार्वजनिक हुन्थे र ती सबैमा एउटा साझा अनुहार देखिन्थे, बुद्धि तामाङ।

ती भिन्न फिल्ममा उनी करब उस्तै ढाँचाको भूमिकामा हुन्थे। सबै फिल्ममा उनको थेगो ‘हैट्’ प्रयोग हुन्थे। तैपनि दर्शक दिक्क थिएनन्। बुद्धिलाई उही रूपरंग-स्वरुपमा मनपराइरहे।

यही कारण सर्वाधिक व्यस्त कलाकारको श्रेणीमा थिए उनी। छायांकनको दौरान कतिसम्म दौडधूपमा हुन्थे भने न राम्ररी लुगाफाटो लगाउन पाउँथे, न घरमा पकाएर खान नै। अहिलेसम्म विवाह गर्ने फुर्सदसम्म पाएका छैनन्।

उनलाई लाग्न थालेको छ- विवाह गर्ने उमेर भइसक्यो होइन, गइसक्यो। उनी भन्छन्, ‘कहिलेकाहीं राति अचानक ब्यूँझिएको बेला यो कुरा मनमा खेल्यो भने ऐंठन हुन खोज्छ।’

बुद्धि हास्य अभिनेता होइनन्, तर उनको चरित्रमा ‘हास्य खुराक’ मिश्रण गरियो। उनी पर्दामा प्रकट हुँदा दर्शकको ओठमा हाँसो छायो। ‘डरलाग्दो भिलेन बन्दा पनि दर्शकले पत्याएनन्। डराउन त कता हो कता हाँस्न पो थाले’, उनको स्वीकारोक्ति छ।

प्रकाशित मिति: : 2021-08-21 21:07:00

प्रतिकृया दिनुहोस्