पार्टीलाई एकताबद्ध बनाउन मुख्यमन्त्री पद छाड्न तयार छु : शेरधन राई (अन्तर्वार्ता)

शिलापत्र

काठमाडौँ

 रमेश भारती

नेकपा एमालेमा विभाजन आएपछि त्यसको असर तल्लो कमिटीसम्म परेको छ ।  माधव कुमार नेपालले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएकै दिन बागमती प्रदेशको मुख्यमन्त्रीमा उनीनिकट मानिएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भइन् ।

पार्टी विभाजित भएपछि प्रदेश १ मा पनि त्यसको असर देखिएको छ । माधव नेपालनिकट सांसदहरू सरकार फेरबदलको खेलमा लागेका छन् । त्यहीबेला एमालेभित्र पनि मुख्यमन्त्री परिवर्तनबारे छलफल सुरु भएको छ । तर, मुख्यमन्त्री शेरधन राई भने यो कुरा स्वीकार्न तयार छैनन् । उनी अहिलेनै प्रदेश १ मा सरकार परिवर्तन नहुने बताउँछन् । 

एमालेलाई बलियो बनाउन पद छाड्नुपर्ने स्थिति आए आफू पद छाड्न भने तयार रहेको उनी बताउँछन् । पार्टी विभाजनपछि प्रदेशमा परेको असर, विकसित नयाँ राजनीतिक घटनाक्रमबारे मुख्यमन्त्री राईसँग शिलापत्रका लागि रमेश भारतीले गरेको कुराकानी :  
 

एमाले विभाजन भएपछि यसको प्रभाव सबै प्रदेशमा पर्दैछ । प्रदेश एकमा अब के हुन्छ ? 

माधवकुमार नेपालले एमाले फुटाएका होइनन् । एउटा सानो असन्तुष्ट कार्यकर्ताको समूह मात्र लिएर उनी बाहिरिएका हुन् । यसको प्रभाव प्रदेश एकमा पर्दैन । 

राजनीतिमा विचार नमिल्दा अथवा असन्तुष्ट हुँदा पार्टीभित्रै बसेर विद्रोह गर्न सकिन्छ । पार्टीभित्र भएका ठूला समस्या एमालेले विगतमा समाधान गर्दै आएकै हो । एउटा इतिहास बनाएको पार्टी फुटाउँदा राजनीतिक वृत्तमै ठूलो त्रुटि हुन्छ । यसको लेखाजोखा आगामी दिनमा जनताले गर्छन् । माधवकुमार नेपालले अरुको लहलहैमा लागेर नयाँ पार्टी खोले । उनले भविष्यमा पछुताउनुपर्छ । 

प्रकाशित मिति: : 2021-08-19 22:00:00

प्रतिकृया दिनुहोस्