सरकारले वागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाका स्वकीय सचिव हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई नियुक्त राष्ट्रपतिसमक्ष सिफारिश गरेको हो। उनी नेपाल प्रधानमन्त्री हुनुअगाडि पनि लामाे समयसम्म उनका स्वकीय सचिव थिए।
एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा हिस्सेदारी दिन सुरु गरेको छ।