माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ: प्रचण्ड (भिडियोसहित)

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

समाजवादी केन्द्रले बिहीबार गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद  र  समाजवाद’ अन्तर्क्रियामा प्रचण्डले माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताए।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान प्रधानमन्त्रीसँग पनि मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ, प्रचण्डले भने, 'अब मन्त्रिपरिषद विस्तार गर्न ढिलो गर्न हुन्न भन्ने कुरा भएको छ। आयोगमा दर्ता भएको पार्टीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ। त्यही दिनमा हुन्छ।’

प्रकाशित मिति: : 2021-08-19 14:16:00

प्रतिकृया दिनुहोस्