अझै कोबाट छ ‘प्रतिगमन’ को खतरा ?

माओवादीमाथि हरि रोकाको प्रश्न : जनवादी क्रान्ति सकियो भन्या होइन ?

रातोपाटी

काठमाडौं

सत्तारुढ नेकपा माओवादी केन्द्रको गत आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले प्रतिगमनकारी कदम असफल भए पनि ‘प्रतिगामी खतरा’ अझै बाँकी रहेकाले सचेत र सतर्क हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बैठकमा सम्वोधनका क्रममा अझै पनि प्रतिगमनको खतरा टरिनसकेको बताएका थिए । केन्द्रीय कमिटीको दुई दिने बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग भनेका थिए, ‘प्रतिगमनकारी कदम असफल भए प्रतिगामी खतराको अन्त्य भएको छैन ।’

त्यसैगरी केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भनेका थिए, ‘माधवकुमार नेपाल दह्रो अडिदिएको हुनाले मात्रै वर्तमान सरकारको बहुमत पुगेको छ, माधवजीको के हुन्छ थाहा छैन । आशा गरौं, ठिकै हुन्छ । यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, हामीले धेरै हौसिन जरुरी छैन ।’

​माओवादी बैठकले प्रतिगमनको खतरा रहेको निष्कर्ष निकालेपछि हामीले नवगठित नेकपा एमाले समाजवादीका नेता डा. बेदुराम भुसाललाई सोध्यौं, ‘फेरि पनि प्रतिनिधि सभा विघटन हुने खतरा छ र ?’ 

जवाफमा नेता भुसालले भने, ‘त्यो खतरा अझै छ । अहिले यति बुझ्नुस् खतरा टरिसकेको छैन । त्यसका निम्ति विभिन्न गतिविधि भइरहेका छन् ।’

आखिर कोबाट छ त प्रतिगमनको खतरा ?

आखिर, नेपाली राजनीतिमा प्रश्न उब्जेको छ, के साँच्चै प्रतिगामी खतरा कायमै छ त ? कोबाट छ यस्तो खतरा ?

प्रकाशित मिति: : 2021-08-19 11:34:00

प्रतिकृया दिनुहोस्