टेकु अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दै

Breaknlinks
Breaknlinks

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दिन–प्रतिदिन कोरोना भाइरस संक्रमणका बिरामीहरु बढ्दै गएका छन्। कोरोनाको दोस्रो भेरियण्ट– डेल्टाभाइरस फैलिएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो।

अस्पतालका निर्देशक डा. अनुुप  बाँस्तोलाले दिएको जानकारीअनुसार, अस्पतालमा दैनिकजसो ३०० भन्दा बढी मानिस कोरोना परीक्षणका लागि आउनेगरेका छन्। हाल उक्त अस्पतालमा ६९ जना कोभिड बिरामीले उपचार गराइरहेका छन्।

अस्पतालमा रहेका बिरामीमध्ये पाँच जना आकस्मिक कक्षमा, १८ जना सघन उपचार कक्षमा, ३८ जना कोभिड वार्डमा  र आठ जना ‘स्पेशल वार्ड’ मा रहेको जानकारी दिए।

कोरोना संक्रमित बिरामीलाई अस्पतालले पहिलेभन्दा थप व्यवस्थित तरिकाले उपचार गर्ने गरेको डा. बास्तोलाले बताए।

अस्पतालका ८० जना स्वास्थकर्मीलाई तालिमसहित पूूर्वाधार व्यवस्थासम्बन्धी जानकारी गराई तयार गर्ने, अक्सिजन प्लाण्टको व्यवस्था गर्ने, अक्सिजन सिलिण्डर हटाएर पाइपको व्यवस्था गर्ने, आकस्मिक कक्षमा एक सय शय्या तयार गरेको उनले जानकारी दिए।

गम्भीर बिरामी परेपछि मात्र अस्पताल आउने हुनाले उपचार गरी घर पठाउन मुस्किल हुने गरेको डा. बास्तोलाले बताए।

‘अस्पतालमा आउने  बिरामीहरु स्वास्थ अवस्था गम्भीर भएपछि मात्र आउनुहुन्छ, त्यस कारण सम्पूर्ण बिरामीहरुलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने हुन्छ। बिरामीलाई बचाउन पनि मुुस्किल हुुन्छ’, उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस तेस्रो लहरको उपचारका लागि तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए।

नेपालमा कोरोनाको दोस्रो लहर भित्रीयसँगै सरकारले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जारी छ। उक्त निषेधाज्ञा पछिल्लो समय केही खुुकुुलो पारिएको छ।

निषेधाज्ञा खुुकुलो पारेसँगै  कोरोनाको सङ्क्रमित पनि दिन–प्रतिदिन बढ्दै गएका छन्। सङ्क्रमण बढेसँगै सर्वसाधारणमा त्राश पनि बढ्दै गएको छ।

प्रकाशित मिति: : 2021-08-18 18:21:00

प्रतिकृया दिनुहोस्