‘पुरानो सोच र चेतले कसरी आउँछ परिवर्तन ?’

बाह्रखरी

काठमाडौं

काठमाडौं । कोरोना संक्रमणको लामो समयको त्रासपछि बजार खुल्दा नेपाली चलचित्रको बजारलाई लिएर विभिन्न खालका पूर्वानुमानहरु भइरहेका छन् । केही अब चलचित्रको बजार फिल्टर हुने बताइरहेका छन् भने केही पहिलाको भन्दा फरक नहुने दाबी गर्छन् । 

कोरोनाका कारण पाँच दर्जन चलचित्र रिलिज हुन नपाएर थन्किरहेका बेला अहिले पनि बजार सहज हुने हो भने निर्माणमा ठूलो संख्यामा चलचित्र फ्लोरमा जाने केहीको भनाइ छ । तर, केही मेकर भने अब सीमित निर्देशक मात्रै रहने बताउँछन् । 

निर्देशक दीपेन्द्र के खनाल अहिले पनि आफूलाई निर्देशनका लागि प्रस्ताव आइरहेको बताउँछन् । “पछिल्लो केही समयको अन्तरालमा मलाइ तीनवटा चलचित्रका लागि प्रस्ताव आयो । भलै स्क्रिप्टका कारण म काम गर्छु कि गर्दिन त्यो अफ्नो ठाउँमा छ,” निर्देशक खनाल भन्छन्, “तर कहिले बजार खुल्छ भनेर मेकरहरु कुरेर बसिरहेको अवस्था छ । अवस्था सहज भएपछि छायांकनका लागि प्राविधिक खोज्नुपर्यो भने पाइँदैन । सहज भएपछिको लामो समयसम्मका लागि प्राविधिकहरु बुक भइसकेका छन् ।” यसले पनि बजारमा उल्लेख्य परिवर्तन नहुने संकेत देखाएको उनी बताउँछन् । 
 
चलचित्र क्षेत्रमा काम गरिरहेका निर्देशक तथा निर्माताहरु बजार खुल्न बित्तिकै फर्किने उनको विश्वास छ । केही समयका लागि बजार अवरुद्ध मात्रै भएको भन्दै उनी सहज अवस्था हुन बित्तिकै सबै पुरानै काममा फर्किने उनको भनाइ छ । 

सिनेमा हलहरु बन्दमात्रै नभएको भन्दै नयाँ हल निर्माण पनि भइरहेको उनी बताउँछन् । “सिनेमा हल बन्द भयो भनेर निराश हुनुपर्ने अवस्था छैन । निर्माण पनि भइरहेका छन् । काठमाडौंसहित ठूला सहरमा हल निर्माण हुने क्रम पनि जारी छ । केही हल त तयार पनि भइसकेका छन्,” निर्देशक दीपेन्द्र भन्छन्, “केही निर्माणको चरणमै छन् । ठूला सहरमा महल बनिरहेका छन् । त्यस्ता महलको टपमा सिनेमा हल नै बन्ने हो । त्यसैले हल बन्द भए भनेर आत्तिनु पर्दैन अब सिंगल थिएटर बन्द भएर अब मल्टिप्लेक्स नै बन्ने हो ।”

प्रकाशित मिति: : 2021-08-18 06:59:00

प्रतिकृया दिनुहोस्