राजनीतिमा मेरो गोरुको बाह्रै टक्का

देशसञ्चार

काठमाडौँ

विश्वको अग्रणी प्रणालीगत व्यवस्था संघीय लोकतन्त्र अङ्गीकार गर्दा समेत मुलुक विकासमा पछौटे छ।

उक्त हैरानीले जनताको मन मस्तिष्क खलबल्याएको धेरै भइ सक्यो। जो एक प्रकारको पिण्डरोग प्रतीत हुन्छ। कुन र कस्तो सोचले मुलुक बन्ला भन्ने दृढ चिन्तन र गम्भीरता बेगरको यात्राले नेपाली जन थिलथिलो हालत मै रहिरहनु नपर्ला भन्न सकिन्न। भनौँ मुलुकको दुःख घट्ने/हट्ने छेकछन्द छैन भन्दा हुन्छ।

मुलुकको आधा भन्दा बढी हिस्सा अनौपचारिक अर्थतन्त्र रहेको जगजाहेर छ। विचौलियाको सर्वत्र चरम रजगज छ। राजनीतिक नेताहरुसँग बाक्लो उठबस देखिन्छ। चाकरी र चाप्लुसी राज्यको अङ्ग अङ्गमा व्याप्त छ। अड्काउने र अल्झो थाप्ने चलन सरकारी संयन्त्रमा जीवित छ। यस्तो परिवेशमा विकासको सपना देख्नु देखाउनु कुराले चिउरा भिजाउने अभिप्राय बाहेक केही हुन्न।

आसेपासे पुँजीवादको चङ्गुलमा मुलुक फसेको छ। गरिबको आम्दानी दिन प्रति दिन खिइदै जाने, महंगीले ढाड सेक्ने परन्तु नव धनाढ्यहरु चाहिँ विदेशी बैंकमा पैसा जम्मा गर्न सुटुक्क लैजाने जस्ता संरचनागत कमी कमजोरीहरुको फेहरिस्त निकै लामो छ।

प्रकाशित मिति: : 2021-08-17 21:14:00

प्रतिकृया दिनुहोस्