काबुलस्थित विमानस्थलमा देश छाेड्नेहरूकाे बाक्लाे भीड (भिडियाे)

अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल यतिबेला अस्तव्यस्त बनेको छ।

विद्रोही संगठन तालिबानले सत्ता कब्जा गरेसँगै काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्न चाहनेहरुको बाक्लो भीड लागेको छ। राष्ट्रपति अशरफ घानी पनि तालिबानले राष्ट्रपति भवन कब्जा गर्नुअगावै आइतबार साँझ ताजकिस्तान भागिसकेका छन्।

अहिले विमानस्थलमा देश छाड्न चाहनेहरुको बाक्लो भीड लागेको भए पनि सैन्य उडानबाहेक अन्य उडानहरु रद्द गरिएका छन्। अहिले रोकिएका उडानहरुलाई पुनःसञ्चालनमा ल्याउन प्रयास भइरहेको छ।

विमानस्थललाई अहिले अमेरिकी सेनाले सुरक्षा दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 


अफगानिस्तानबाट यसरी भागे राष्ट्रपति घानी (भिडियाेसहित)

अफगानिस्तानकाे नयाँ राष्ट्रपति बन्दै तालिबानका यी नेता

अफगानिस्तानमा फेरि तालिबान शासन : विद्यार्थीले स्थापना गरेकाे विद्राेही समूह यसरी भयो शक्तिशाली

प्रकाशित मिति: : 2021-08-16 12:51:00

प्रतिकृया दिनुहोस्