समय: सन् १९९४ सेप्टेम्बर महिना
स्थान: अफगानिस्तानको कन्दहर
एक साँझ घामले पहाड नाघ्दै थियो। चराहरु आफ्नो गुँडसम्म पुग्न पखेट्टा फिजाइरहेका थिए। बरु 'नाइट इन्सेक्ट'हरु गाइरहेका थिए सन्धाकालीन गीत। मस्त थिए उनीहरु।
स्भाविक र सामान्य राजनीतिक विवादबाहेक सबै ठिकठाक चलिरहेको थियो, अफगानिस्तानमा। तर अफगानिस्तानको राजीतिक कूसंस्कार र हिंसात्मक गतिविधिले त्यतिबेलादेखि गति लिन थाल्यो, जब मोहम्मद ओमार एकदिन कन्दहरकाे एउटा गाउँमा शीतल हावा खान पुगे।
आफूलाई खुंखार कम्युनिष्ट नेता भन्न रुचाउने ओमारले त्यहीँ चौतारामा करिब ५० जना विद्यार्थी जम्मा गरे। त्यस साँझको भेलापश्चात विद्यार्थीहरु विद्यार्थी रहेनन्। र ओमार पनि नेता मात्र रहेनन्।
ओमारले किशोर-किशोरी तथा युवा-युवतीहरुको एउटा संगठन निर्माण गरे, तालिबान। जसको अर्थ हुन्छ, विद्यार्थी। ओमारले ती विद्यार्थीहरुको मस्तिष्कमा यस्तो अमाट्य हालात सिर्जना गरे, जसको निष्कर्षसँग विद्यार्थीहरु टाढा हुन सकेनन्।
अन्ततः ती विद्यार्थीहरु संगठन विस्तार गर्दै यसरी फैलिए कि एक महिनामै १५ हजारभन्दा बढी विद्यार्थीहरु तालिबान बने। ओमारले भित्राभित्रै स–साना तालिबान संगठनहरू निर्माण गर्दै तालिबानको नेतृत्व लिए।
नूर मोहम्मद ताराकीकाे हत्यापछिकाे विद्राेह
सन् १९७९ मा अफगानिस्तानका राष्ट्रपति तथा कम्युनिष्ट नेता नूर मोहम्मद ताराकीको हत्यापछि यहाँको राजनीतिक वृतमा नसोचेका घटनाहरु घट्दै आए।
त्यसो त ताराकीको हत्या गर्ने पनि कम्युनिष्ट नेता हफिजजुल्ला अमिन नै थिए। यहाँ बुझ्न सकिन्छ कि आफगानिस्तानमा एकातिर कम्युनिष्टको दुई खेमाबीच आन्तरिक द्वन्द चलिरहेको थियो भने अर्कोतिर कम्युनिष्ट र इस्लामिकबीच पनि द्वन्द चलिरहेको थियो।
इस्लामिकले साम्राज्य खडा नगरोस् भनेरै अमिनले धार्मिक द्वन्दलाई प्रयोग गरे। इस्लामिकले शक्ति कब्जा गर्नुअगावै सन् १९७९ को डिसेम्बर १९ मा सोभियत युनियन आफ्ना सैनिकसहित अफगानिस्तानमा प्रवेश गरेको थियो। खास सोभियत युनियनले नै हफिजजुल्ला अमिनलाई मारेको थियो।
उनको मृत्युपश्चात बाब्राक कर्मलले देशको नेतृत्व सम्हाले। अफगानिस्तानमा सोभियतको प्रवेश भएसँगै यहाँ केही हदसम्म स्वतन्त्रता र अधिकारको बाटाहरु खुला भए। तर यी सब कुराहरु भने अमेरिकालाई मन परेको थिएन। अमेरिका चाहन्थ्यो कि अफगानिस्तानमा सोभियतको नभएर आफ्नो कब्जा होस्।
सत्ता र शक्ति लोभले सन् १९९६ मा इस्लामिक नेता मुजाहि दिनलाई नेतृत्वबाट हटाइयो।
पाकिस्तानकाे सहयाेग
त्यसो त, तालिबानलाई आर्थिक समस्या भने कहिल्यै परेको थिएन। किनकि तालिबानमाथि आइएसआईले शक्ति र पैसाको बाढी बगाइरहेको थियो।
अमेरिकाले पनि केही समय तालिबानलाई आर्थिक सहयोग नगरेको भने होइन्। तर, तालिबानको घातक उपस्थितिसँगै अमेरिकाले सहायता गर्न छाड्यो। यसले तालिबानलाई ठूलो नोक्सान हुने उच्च अधिकारीहरुले अनुमान गरे। तर अनुमान गलत सावित भैदियो। किनकि तालिबानलाई पाकिस्तानले आर्थिक र हातहतियारको लागि पुर्ण सहयोग गरिरहेको थियो।
विश्वका विभिन्न देशहरुबाट तालिबानले सफलतापूर्वक अत्याधुनिक र खतरनाक हातहतियार जम्मा गर्न सफल भयो। त्यसपछि तालिबानले सुरु गर्यो, भूगोल कब्जा गर्ने गतिविधि।
अफगानिस्तानमा चार सयभन्दा बढी जिल्लाहरु छन्। तालिबानले स-साना जिल्लाहरु कब्जा गर्न सुरु गर्यो। र हेर्दाहेदै सन् १९९६ को सेप्टेम्बर २६ मा राजधानीलाई आफ्नो नियन्त्रण लिएर 'इस्लामिक एमिरेट अफ अफगानिस्तान-तालिबान' स्थापना भयो।
महिलाका लागि कठाेर तालिबान
त्यतिबेला तालिबानले महिलाको वर्गलाई यसरी लात हान्यो कि आफगानिस्तानका प्रत्येक महिलाहरु नर्कको जीवन बिताउन बाध्य भए। महिलालाई बजारमा एक्लै हिँड्न दिइएन। जथाभावी बलात्कारका घटनाहरु बढ्न थाले। महिलालाई नाच्न, गाउन र रमाइलो गर्न प्रतिबन्ध लगाइयो। र पुर्णरुपमा पुरुषप्रधान देश बन्यो।
महिलाकाे लागि तालिबानले लागू गरेका कठाेर नीतिहरु यस्ता थिए:
महिलाहरुले अनिवार्य रुपमा बुर्का लगाएर अनुहार छोप्नुपर्ने,
महिलाहरुले गाउन, नाच्न र रमाइलो गर्न नपाउने,
महिलाहरु १० वर्षको उमेरसम्म स्कुल जान नपाउने,
बजार वा बाहिर एक्लै हिँड्न नपाउने,
अविवाहित महिलाहरुले तालिबान लडाकुहरुसँग विवाह गर्नुपर्ने,
१५ वर्षभन्दा माथि र ४५ वर्षभन्दा मुनि उमेर विधुवा महिलाहरुले पनि तालिबान लडाकुसँग विवाह गर्नुपर्ने,
महिलाहरुले जागिर गर्न नपाउने,
मस्जिदमा अनिवार्य नमाज पढ्नुपर्ने,
शक्ति लिएपछि तालिबानले झन् यसरी आतंक मच्चाउन थाल्यो कि यसको प्रभाव छिमेकी देश भारतलाई पनि पर्यो। एकातिर अफगानिस्तानका नागरिकहरुको लागि कालो दिन सुरु भएको थियो भने अर्कोतिर प्रभावित देशहरुले अमेरिकासँग सहायता मागिरहेका थिए।
त्यसपछि अमेरिका पनि तालिबानसँग झसंङ्ग भयाे
तालिबानले आफ्नो साम्राज्य आर्थिक, प्रशासन र अधिकारसहित विस्तार गरिरहेको थियो। यसबीचमा अमेरिकाले कहिल्यै सोचेको थिएन कि आफू पनि तालिबानको शिकार हुनुपर्छ। तर सन् २००१ को सेप्टेम्बर ११ मा जब तालिबानले 'ट्वीन टावर'मा दुई वटा हवाइ आक्रमण गर्यो, तब बल्ल अमेरिका झस्कियो। आफूलाई सुरक्षित मान्दै आएको अमेरिका पनि तालिबानको आक्रमणपश्चात सतर्क बन्यो।
त्यसअघि अमेरिकाले तालिबानसँग 'अल कायदा'का प्रमुख ओसामा विन लादेनलाई आत्मसमर्पण गराउन र विद्रोही तालिम बन्द गर्न शर्त अघि सारेको थियो। जुन कुरा तालिबानलाई मन परेको थिएन।
दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि अमेरिकाले आफ्ना लाखौँ सेनाहरुलाई अफगानिस्तानमा प्रवेश गरायो। जसले गर्दा तालिबान र अमेरिकाबीच डरलाग्दाे दुश्मनी सुरू भयाे।
सन् २००७ सम्म अफगानिस्तानमा तालिबानविरुद्ध करिब डेढ लाख विदेशी सैनिकहरु प्रवेश गरे। ती मध्ये केही सेनाहरु क्यानडा, अष्ट्रेलिया, अमेरिकालगायतबाट प्रवेश गरेका थिए। अमेरिकाले आफगानिस्तानका महिलाहरुको अधिकारको लागि केही हदसम्म योगदान पनि दियो।
तालिबानलाई स्थापनादेखि सन् २०१३ सम्म मोहम्मद ओमारले नेतृत्व गरे। त्यस्तै सन् २०१६ सम्म अख्तर मौनसुरले नेतृत्व गरे। त्यसयता हिबातुल्ल अखुन्दजादा र मोहम्मद रौसुलले नेतृत्व गरिरहेका छन्।
हाल अफगानिस्तानका ६० भन्दा बढी जिल्लाहरु तालिबानले कब्जा गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार तालिबानले कब्जा गरेका जिल्लाहरुमा आफ्नो कानून पनि लागू गरिसकेको बताइएकाे छ।
पछिल्लाे अवस्था
आइतबार देशका जलालावाद शहरलाई कब्जा गर्दै तालिबा राजधानी काबुल क्षेत्रमा प्रवेश छ। तालिबानले आफै एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका छन् भने सर्वसाधारणाबीच त्रास छाएकाे छ। तालिबान विदेशीहरूलाई भने फर्किन दिने बताएकाे छ। अफगानिस्तानमै बस्न चाहने विदेशी नागरिकले प्रशासनमा दर्ता गराउन तालिबानले आग्रह गरेको छ।
सेनालाई घर फर्किन दिने र विमानस्थल तथा अस्पतालसहित अत्यावश्यक सेवामा कुनै रोक नलगाइने पनि तालिबानकाे भनाइ छ।