सडक किनारामा वृक्षरोपण : प्रचारबाजी मात्र, लाभभन्दा हानि धेरै

सरिशा अछामी

 

काठमाडौं महानगरपालिका–१४ कलंकीदेखि सोल्टीमोडसम्म साँघुरा फुटपाथमा दुई साताअघि वृक्षरोपण गरियो। सहरलाई हरियालीयुक्त बनाउने अभियानअन्तर्गत् भएको हो, त्यो वृक्षरोपण। तर, साँघुरा फुटपाथमा रोपिएका बिरुवा हुर्किँदै गर्दा पैदल यात्री समस्यामा परेका छन्। भविष्यमा पर्ने असरबारे अध्ययन नै नगरी वृक्षरोपण गरिएकामा स्थानीय व्यवसायी असन्तुष्ट छन्।

काठमाडौं उपत्यकाका फराकिला सडक किनाराका साँघुरा फुटपाथमा रोपिएका बिरुवा हुर्किँदै गर्दा फुटपाथ चर्किएको मात्र छैन अझ साँघुरो पनि भएको छ। वृक्षरोपणको लाभभन्दा हानी बढी छ।

कलंकी–सोल्टीमोड सडकको फुटपाथ दुई मिटरभन्दा साँघुरो छ। त्यही फुटपाथमा हुर्किँदै छन्, काइँयो फूल, अमला र ठूला रुखका बिरुवा। त्यसबाट आफूहरूलाई असर परेको स्थानीय व्यवसायी बताउँछन्। ‘साँघुरो फुटपाथमा बिरुवा रोपिदिँदा पसल र पैदल यात्रीलाई समस्या परेको छ,’ व्यवसायी कुशुम रोक्का भन्छिन्, ‘बिरुवा रोप्न आउनेलाई भनेका थियौँ– फुटपाथ साँघुरो छ, त्यसैमा रुख रोप्दा हामीलाई असर पार्छ भनेर। तर, कसैले सुनेनन्।

कलंकी–सोल्टीमोड सडकको दायाँतर्फ उनको छालाको जुत्ता पसल छ। पाँच वर्षयता त्यही पसलबाट उनको परिवारले गुजारा चलाइरहेको छ। फुटपाथमा रोकिएका बिरुवाका कारण पसलमा आउने ग्राहकलाई अप्ठ्यारो भइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘बिरुवा जोगाउन राखिएको बारले फुटपाथ अझ साँघुरो बनाएको छ।’

प्रकाशित मिति: : 2021-08-15 16:53:00

प्रतिकृया दिनुहोस्